उपत्यकाको निषेधाज्ञाबारे सोमबार निर्णय गरिने
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा बारे आइतबार निर्णय हुन सकेन । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले त्यसबारे सोमबार निर्णय लिने भएका छन् ।
आइतबार साँझ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले निषेधाज्ञाको मोडालिटीबारे छलफल गरेका छन् ।
अहिलेकै मोडालिटीमा जाने वा अर्को मोडल अपनाउने भन्नेबारे छलफल भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले रातोपाटीलाई बताए । सार्वजनिक यातायात खुलाउने सम्बन्धमा पनि प्रमुख जिल्ला अधिकारीहरुले छलफल गरेका छन् । ‘सार्वजनिक यातायातको सवालमा हाम्रो छलफल भएको छ’ प्रजिअ पराजुलीले भने– ‘त्यसबारे सोमबार निर्णय लिन्छौं ।’
उपत्यकामा वैशाख १६ बाट घोषणा गरिएको निषेधाज्ञा असार ८ बाट लागु हुनेगरी थप खुकुलो बनाउँदै नीजि यातायातमा जोर बिजोर प्रणाली लागु गरिएको थियो । उपत्यकामा बारको आधारमा पसल खुल्ला गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण