रामचन्द्रसँग शेखर कोइरालाको प्रस्ताव : म पार्टी चलाउँछु, तपाईं प्रधानमन्त्री बन्नुस्
नेपाली काँग्रेस नेता डा.शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका छन् । सोमबार बिहान ९ बजे १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न कोइराला पौडेल निवास बोहोराटार पुगेका थिए । स्रोतका अनुसार सभापतिका दाबेदार कोइरालाले पौडेललाई पार्टी सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गरेका थिए ।
कोइरालाको भनाई उदृत गर्दै स्रोतले रातोपाटीसँग भन्यो, ‘म पार्टी चलाउँछु, तपाईं प्रधानमन्त्री बन्नुस् ।’ तर पौडेलले कोइरालासँग अन्तिमपटक आफूलाई सहयोग गर्न आग्रह गरेका थिए ।
आफू एकपटक पार्टी सभापति र प्रधानमन्त्री बन्न चाहेको पौडेलको भनाइ थियो । भेटघाटमा पौडेल र कोइरालाबीच क्रियाशील सदस्यताको विवाद समाधानका विषयमा पनि छलफल भएको थियो । सभापतिका आधा दर्जन बढी आकांक्षी देखिएको संस्थापन इत्तर पक्षमा १४ औं महाधिवेशनको तयारीसँगै भेटघाटले तीव्रता पाएको छ ।
शेखरसँगको भेटपछि पौडेल काँग्रेस नेतृ सुजाता निवास मण्डिखाटारमा पुगेका थिए । त्यहाँ पौडेल, सुजाता र कृष्णप्रसाद सिटौलाबीच छलफल भएको थियो । सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरेपछि इत्तर पक्षमा पनि चहलपहल बढेको छ ।
साथै निधिले इत्तर पक्षका महामन्त्री शशांक कोइराला र नेता प्रकाशमान सिंहसँग छलफल थालेका छन् । जसले काँग्रेस वृत्तमा तरंग फैलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण