जिपको नयाँ ‘कम्पास’ असार २१ गते सार्वजनिक गर्दै, सोही दिनदेखि डेलिभरी पनि सुरु
काठमाडौं । नेपालका लागि जिप ब्रान्डको आधिकारिक विक्रेता एमएडब्लु लाइफले आउँदो असार २१ गते सोमबार नयाँ कम्पासलाई भर्चुअल माध्यमबाट नेपालमा सार्वजनिक गर्ने भएको छ । यसअघि नै प्रि–बुकिङको घोषणा गरिसकेको एमएडब्लु लाइफले सोही दिनदेखि नयाँ कम्पासको डेलिभरी पनि सुरु गर्ने बताएको छ ।
नयाँ कम्पासलाई नेपालका लोकप्रिय मिडिया व्यक्तित्व भुषण दाहाल र नेपालका स्टाइल आइकन प्रशान्त ताम्राकारले गनेछन् । भर्चुअल लन्चको प्रत्यक्ष प्रसारण जिप नेपालको फेसबुक र इन्स्टाग्राम पेजमा सोमबार साँझ ५ः३० मा हेर्न सकिने कम्पनीले जनाएको छ ।
स्पोर्ट, लंगिच्युड, लिमिटेड र एस मोडेल गरी चार ट्रिममा उपलब्ध हुने नयाँ कम्पासको मूल्य ८४ लाख ९० हजार देखि एक करोड ३६ लाख ९० हजार रुपैयाँको बीचमा राखिएको छ ।
नयाँ कम्पास अघिल्लो मोडेल झैं दुईवटा पावर ट्रेनमा उपलब्ध हुनेछ । १.४ लिटरको मल्टिएअर टर्बोइन्जिनले अधिकतम १६० एचपी पावर र २५० एनएम टर्क उत्पन्न गर्नेछ । यो ६ स्पिड म्यानुअल ट्रान्समिसन र ७ स्पिड डीसीटी अटोमेटिक अप्सनमा उपलब्ध हुनेछ ।
त्यसैगरी, २.० लिटर मल्टिजेट टु इन्जिनले १७० एचपीपावर र ३५० एनएम टर्क उत्पन्न गर्नेछ । यो भने ६ स्पिड म्यानुअल ट्रान्समिसन र ९ स्पिड अटोमेटिक ट्रान्समिसनका उपलब्ध हुनेछ ।
नयाँ कम्पासको स्टाइल अघिल्लो संस्करणमा झैं उल्लेखनीय छ । यसमा पहिले झैं सेभेन स्लट ग्रिल र ट्रापेजोइडल ह्विल आर्क, रिफ्लेक्टर र एलइडी प्रोजेक्टर सहितको हेडल्याम्प रहनेछ । तर इन्टेरियरमा भने व्यापक परिवर्तन गरिएको छ ।
२०२१ कम्पासको क्याबिनमा उल्लेखनीय काम गरिनुका साथै धेरै फिचर थपिएको छ । यसमा मेटल ब्रोले घेरिएको मिड–बोल्स्टर पिस छ जसले इन्टेरियरको आकर्षणलाई बेजोड बनाएको छ । ड्यास बोर्ड डिजाइन पनि अपडेट गरिएको छ । ग्राहकले ट्रिम र भेरियन्ट अनुसार लेदर र फेब्रिक अप होल्स्ट्रीमा डुअल टोन र फुल ब्ल्याक कम्बिनेसन पाउनेछन् । एमएडब्लु लाइफले यसको स्टोरेज अप्सन ग्राहकमैत्री हुने अपेक्षा कम्पनीको छ ।
नयाँ कम्पासमा फिफ्ड जेनेरेसन युकनेक्ट सहितको १०.१ इन्चको हाई डेफिनेसन डिस्प्ले हुनेछ । साथै यसमा वायरलेस एप्पल कार प्ले र एन्ड्रोइड अटो कनेक्सन हुनेछ । कन्टेन्ट स्क्रिनलाई स्टेरिङमा रााखिएको बटनहरूबाट कन्ट्रोल गर्न सकिन्छ ।
त्यसपछि यसमा ३६० डिग्री रिमोट क्यामेरा, क्र्युज कन्ट्रोल, बटन अपरेटेड पावर लिफ्ट गेट पनि हुनेछ । सेफ्टी र सेक्युरिटीको सूचीमा इलेक्ट्रोनिक पार्किङ ब्रेक, हिल होल्ड एन्ड हिल डिसेन्ट कन्ट्रोल, सेलेकटेरेन ४ बाई ४ सिस्टम, ६ एअर ब्याग, प्यानिक ब्रेक असिस्ट, रेन ब्रेक सपोर्ट लगायत ५० भन्दा बढी फिचर रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजर्षि जनक विश्वविद्यालयको समस्या समाधान र शैक्षिक सुधारमा सरकार प्रतिबद्ध : मन्त्री पोखरेल
-
रुपन्देहीबाट बहिनीलाई लिएर १३ वर्षीय बालक कसरी पुगे वृन्दावन ?
-
चिनियाँ कम्युनिस्ट पार्टीबाट एकता र दीर्घकालीन दृष्टिकोण सिक्नुपर्छ: जगन्नाथ खतिवडा
-
दुध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान
-
प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह
-
राष्ट्रपति पौडेलसँग प्रमुख विपक्षी दलका नेता आङ्देम्बेको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण