सचिवहरुको फेरबदल हुँदै : गृह मन्त्रालय ताक्ने को-को ?
काठमाडौं । सरकारले सचिवहरुको सरुवा गर्ने तयारी गरेको छ । १७ महिनाअघि गृहमन्त्रालयको सचिवमा सरुवा भएका महेश्वर न्यौपाने पनि सरुवा हुने भएका छन् । गृहमन्त्रालयमा सचिव हुने आकांक्षा प्रशासनतर्फको क्लष्टरमा पर्ने सबैले राखेका हुन्छन् । तर मौका कमले मात्रै पाउने गर्दछन् ।
२०७४ फागुन ३ मा केपी ओली प्रधानमन्त्री नियुक्ति भएपछि अहिलेसम्म अरु मन्त्रालयमा बर्षमा ३ जनासम्म सचिव परिवर्तन भएका छन् । तर गृहमा एक पटक मात्र सचिव परिवर्तन भएको छ । प्रेमकुमार राईको अवकाशपछि महेश्वर न्यौपाने गृहमा आएका हुन् ।
गृहमन्त्रालयको सचिवका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइराला सबै भन्दा योग्य मानिन्छन् । विशेष सुरक्षा तालिम प्राप्त, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यानुभवका साथै गृहप्रशासनमा कोइराला विशेष अनुभवी मानिन्छन् ।
हक्की स्वभावका वरिष्ठ सचिव कोइराला अख्तियार दुरुपयोग अनुसन्धान आयोग, झापा, कास्की, पर्सा, ललितपुरको सिडिओका साथै सहसचिव भएर गृहमा लामो समय बिताएका विवादमा नपरेका योग्य मध्येका हुन् । अन्य केही कनिष्ठ, गृहको अनुभव नभएका तर चाकडीको अनुभव भएका गृहसचिव बन्ने दौडमा रहेका छन् ।
गृहसचिवको दौडमा सबैभन्दा जुनियर सचिव संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्याल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लक्ष्मण अर्याल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव तोयम राया पनि गृहसचिवका दाबेदार हुन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सूर्यप्रसाद गौतम पनि गृह सचिव बन्न रहर गर्दैछन् । गौतम शिक्षा सेवामा लामो समय काम गरेका विवादित सचिव हुन् । उनले प्रमुख जिल्ला अधिकारीका रुपमा पनि काम गरेका छैनन् । यो समाचार साँधु साप्ताहिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण