जिपको नयाँ कम्पास सार्वजनिक, यस्ता छन् विषेशता
काठमाडौं । नेपालका लागि जिप एसयुभीको आधिकारिक विक्रेता एमएडब्लु लाइफले सोमबार नयाँ कम्पासलाई भर्चुअल माध्यमबाट सार्वजनिक गरेको छ ।
नयाँ कम्पासलाई नेपालका चर्चित मिडिया व्यक्तित्व भुषण दाहाल र स्टाइल आइकन प्रशान्त ताम्राकारले सार्वजनिक गरेका हुन् जसलाई जिप नेपालको फेसबुक र इन्स्टाग्राम पेजमा लाइभ ब्रोडकास्ट गरिएको थियो ।
नयाँ कम्पासमा आकर्षक स्टाइलिङ, अपडेटेड डिजाइन र नयाँ फिचरको लामो सूची रहेको छ । नयाँ एसयुभी स्पोर्ट, लंगिच्युड, लिमिटेड र मोडल एस गरी चार ट्रिम र आठ भेरियन्टमा उपलब्ध छ ।
नयाँ कम्पासको मूल्य ८४ लाख ९० हजार रुपैयाँदेखि एक करोड ३६ लाख ९० हजारसम्म तोकिएको छ ।
विशेषता
नयाँ कम्पासमा इन्टिग्रेटेड डीआरएलसहितको रिभाइज्ड हेडलाइट, नयाँ फगलाइट हाउजिङ, ठूलो एअरड्याम भएको नयाँ डिजाइनको फ्रन्ट बम्पर र नयाँ एलोइ ह्विल रहेका छन् । यसमा पहिले झैं जिपको आकर्षक सेभेन स्लट ग्रिल र ट्रापेजोइडल ह्विल आर्क पनि रहेको छ ।

इन्टेरियरमा भने व्यापक परिवतन गरिएको छ । नयाँ कम्पासमा रिभेम्प गरिएको ड्यासबोर्ड, नयाँ एसी भेन्ट, एचभीएसी कन्ट्रोलनयाँ कम्पासको र बीचमा नयाँ १०.१ इन्चको टचस्क्रिन रहेको छ । त्यसैगरी, यसमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, डबल–स्टिच लेदर इन्सर्ट र नयाँ थ्रि स्पोट स्टेरिङ ह्विल रहेको छ ।
नयाँ कम्पासमा एफसीएले निर्माण गरेको पाँचौं पुस्ताको युकनेक्ट इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो समेत रहको छ । नयाँ फिचरमा डुअल–जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, पावर टेलगेट, ३६० डिग्री क्यामेरा, भेन्टिलेसन फिचर सहितको ८ वे इलेक्ट्रिकल्ली एड्जस्टेबल फ्रन्ट सिट रहेको छ ।
ग्राहकले ट्रिम र भेरियन्टअनुसार लेदर र फेब्रिक अपहोल्स्ट्रीमा डुअल टोन र फुल ब्ल्याक कम्बिनेसन पाउनेछन् । सुरक्षाका लागि नयाँ कम्पासमा फ्रेक्वेन्सी ड्याम्पिन सस्पेन्सन, ६ एअरब्याग, एन्टिरोल मिटिगेसन, ट्रयाक्सन कन्ट्रोल, इएससी, हिल स्टार्ट असिस्ट, इबीडीसहितको एबीएस, रेन ब्रेक असिस्ट, पार्किङ सेन्स र आइसोफिक्स चाइल्ड सिड माउन्ट लगायत ५० भन्दा बढी सुरक्षाको व्यवस्था रहेको छ ।

नयाँ कम्पासको इन्जिन र पावर ट्रेन
नयाँ कम्पास अघिल्लो मोडेल झैं दुई वटा पावरट्रेनमा उपलब्ध छ । १.४ लिटरको मल्टिएअर टर्बो इन्जिनले अधिकतम १६० एचपी पावर र २५० एनएम टर्क उत्पन्न गर्नेछ । यो ६ स्पिड म्यानुअल ट्रान्समिसन र ७ स्पिड डीसीटी अटोमेटिक अप्सनमा उपलब्ध हुनेछ ।
त्यसैगरी, २.० लिटर मल्टिजेट टु इन्जिनले १७० एचपी पावर र ३५० एनएम टर्क उत्पन्न गर्नेछ । यो भने ६ स्पिड म्यानुअल ट्रान्समिसन र ९ स्पिड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध हुनेछ । फोर ह्विल ड्राइभ डिजेल भेरियन्टमा उपलब्ध हुनेछ जसमा अटो, स्नो, स्यान्ड र मड गरी चार वटा मोड उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजर्षि जनक विश्वविद्यालयको समस्या समाधान र शैक्षिक सुधारमा सरकार प्रतिबद्ध : मन्त्री पोखरेल
-
रुपन्देहीबाट बहिनीलाई लिएर १३ वर्षीय बालक कसरी पुगे वृन्दावन ?
-
चिनियाँ कम्युनिस्ट पार्टीबाट एकता र दीर्घकालीन दृष्टिकोण सिक्नुपर्छ: जगन्नाथ खतिवडा
-
दुध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान
-
प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह
-
राष्ट्रपति पौडेलसँग प्रमुख विपक्षी दलका नेता आङ्देम्बेको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण