प्रधानमन्त्रीको सहमतिमा जासुसहरु यताउता
देशभरका गुप्तचर कमाण्डरको अदलीबदली शुरु भएको छ । भर्खरै राष्ट्रिय अनुसन्धान विभागका डिआइजीहरु विभिन्न प्रदेशबाट हेरफेरमा परेका छन् । प्रदेश १ को कमाण्ड सम्हालेका ३३ किलो सुनकाण्ड छानबिनवाला हुतराज थापा धरानबाट विभागको कन्ट्रोल हुँदै सुदूरपश्चिमको कमाण्डर बनाइएका छन् । प्रकाश पाण्डे प्रदेश १ मा गएका छन् । टेकेन्द्र कार्कीलाई कर्णाली प्रदेशको जिम्मेवारी आइलागेको छ ।
लक्ष्मण गुरुङ प्रशासनबाट लुम्बिनी प्रदेश गएका छन् । सुमन वैद्य बागमती प्रदेशबाट गण्डकी र हरिहर पौडेल लुम्बिनीबाट बागमती प्रदेश तोकिएका छन् । ओम जोशी सुदूरपश्चिमबाट प्रदेश २ (जनकपुर) जाँदा सुनील ढकाल र कूलदीप थापा विभागमा तानिएका छन् । यी दुईमध्ये एक जना प्रशासनमा जाने बुझिन्छ । दुबै जना प्रमुख अधिकृत गणेश अधिकारीका निकट मानिन्छन् ।
एसएसपीतर्फ राजन उप्रेती समाचार संकलन, सम्पादनबाट अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा भएका छन् भने भीमबहादुर बुढाथोकी र ओमबहादुर खड्कालाई राष्ट्रिय सुरक्षा परिषद्मा पठाइएको छ । माधव तिमिल्सिना प्रशासनबाट नयाँदिल्लीस्थित दूतावासमा खटाइएका छन् । त्यहाँ तीन वर्ष कार्यकाल पूरा गरेका इन्द्र लामालाई विभागमा फर्काएर चीफको लाइनमा रहेका लमजुङका किशोर श्रेष्ठलाई एयरपोर्टबाट विभागमा तानिएको छ । यसबाहेक आजभोलिमै डिएसपीहरुको सरुवा पनि निकाल्ने तयारी छ ।
विभागले राष्ट्रिय सुरक्षा परिषद्मा एकजना डिआइजी पठाउन सक्छ । तर, अहिलेसम्म कसैलाई पठाइएको छैन । गुप्तचर विभाग हाल प्रधानमन्त्रीको मातहतमा छ ।
त्यस्तै, सशस्त्र प्रहरीमा डिआइजी बढुवाको तयारी शुरु भएको छ ।
त्यहाँ अहिले तीन डिआइजी खालि भएमध्ये कालिदाश धौबजी र कमल न्यौपाने दुईजना पक्कापक्की भएका छन् । तेस्रो सिनियरले तालिम गरेका छैनन् । तेस्रोलाई छोडेर पाँचौँ र छैठौँमा जाँदा चेन अफ कमाण्ड बिग्रिन्छ भनेर अहिलेसम्म बढुवा सिफारिस नभएको सशस्त्रस्रोतले जनाएको छ । त्यस्तै, एक सय २० वटा नयाँ बिओपीका लागि गृहमा दरबन्दी माग गर्ने तयारी पनि चल्दैछ । यो समाचार आजको जनआस्था साप्ताहिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण