यूएईबाट नेपालीहरुले ५९ हजार थान पीसीआर किट नेपाल पठाए

संयुक्त अरब इमिरेट्स यूएईमा कार्यरत नेपालीले पीसीआर किट नेपाल पठाएका छन् । वैदेशिक रोजगारीको सिलसिलामा यूएईमा रहेका नेपालीहरूले झन्डै ४७ लाख रुपैयाँ रकम सङ्कलन गरी ५९ हजार थान पीसीआर किट आज नेपाल एयरलाइन्सको वाइड बडीमार्फत् नेपाल पठाएका हुन् ।
यूएईमा रहेका विभिन्न नेपाली संघसस्थाहरुको अगुवाइ र नेपाली दूतावास आवुधावीको संरक्षणमा मातृभूमि सहयोग अभियान’ सञ्चालन गरेर करिब ४७ लाख सहयोग रकम सङ्कलन गरेका थिए । नेपाल पठाएको ५९ हजार पीसीआर किट सातै प्रदेशमा समान रूपमा वितरण गरिने दूतावास आवुधावीले जनाएको छ ।
पीसीआर किट आस्तर ग्रुपको आस्तर फार्मेसी मार्फत खरिद गरेको हो। कम्पनीले प्रति किट २.४५ दिर्हाममा उपलब्ध गराएको थियो । खरिद गरिएको किट नेपालसम्मको ढुवानी खर्च नेपाल सरकारले जिम्मा लिएको थियो।
दूतावासले परराष्ट्र, स्वास्थ्य मन्त्रालय तथा नेपाल एयरलाइन्ससँग समन्वय गरेर बुधवारको विशेष उडानमार्फत किट नेपाल पठाइएको यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले रातोपाटीलाई बताए ।
राजदूत ढकालले यूएईमा कार्यरत नेपालीले आफ्नो गाँस कटाएर रकम सङ्कलन गरी आफ्नो देशलाई सङ्कटका बेला सहयोग गर्नु प्रशंसनीय कार्य भएको भन्दै सम्पूर्ण सहयोगी दाताहरूलाई धन्यवाद दिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समावेशी लोकतन्त्रको सिद्धान्तअनुसार सञ्चार नीति ल्याउनुपर्छ : उपमहासचिव गुरुङ
-
तेस्रो पटक पिता बने पाकिस्तानी गायक आतिफ असलम
-
मध्यपहाडी लोकमार्ग : पोखरा खण्डका स्थानीय आन्दोलित
-
१२१ वर्षअघि टुँडिखेलमा फिल्म हेर्ने दर्शकदेखि आजसम्म
-
यसरी गरौँ निपाह भाइरसको उपचार र रोकथाम
-
बैंकका कर्मचारीले २०८० सालमा ३५ दिन बिदा पाउने