‘धारा ७६ (५) को गलत व्याख्या’
राष्ट्रियसभाको बैठकमा सत्ता पक्ष तथा प्रतिपक्षी सांसदले संविधानको धारा ७६ (५) को गलत व्याख्या गरिएको बताएका छन्। प्रतिनिधिसभा विघटनबारे अदालतमा परेको मुद्दामा सुनुवाइ सकिएर फैसला आउने मितिसमेत तोकिएको अवस्थामा राष्ट्रियसभामा भने संविधानको धारा ७६ (५) को व्याख्यालाई लिएर टीकाटिप्पणी भएको छ।
राष्ट्रियसभाको बुधबारको बैठकमा विपक्षी सांसदले सरकार गठनमा प्रतिनिधिसभाबाटै विकल्प खोज्नुपर्ने बताए। उनीहरूले धारा ७६ (५) मा दलीय ह्विप लाग्छ भन्नु संविधानको गलत व्याख्या भएको टिप्पणी गरे। सांसद रामनारायण बिडारीले संविधानको व्याख्यात्मक टिप्पणी गायब पारेर धारा ७६ (५) को गलत व्याख्या गरिएको बताए। ‘धारा ७६ (५) मा रहेको सांसदको स्वतन्त्र अधिकारको गलत व्याख्या गरी निर्दलीय धारा भन्ने गरिएको उनको भनाइ थियो। ‘धारा ७६ (५) धारा ७६ (२) कै पुनरावृत्ति भए त्यसको आवश्यकता नै किन पथ्र्यो’,उनले भने।
सत्तापक्षधर सांसद भगवती न्यौपानेले पनि संविधानको धारा ७६ (५) को गलत व्याख्या गरिएको दाबी गरिन्। उनको भनाइ भने विपक्षी सांसदको भन्दा विपरीत थियो। धारा ७६ (५) मा दलीय ह्विप नलाग्ने तर्कमा उनले असहमति व्यक्त गरेकी हुन्। उनले प्रधानमन्त्री केपी ओलीको कदमको बचाउ गर्दै अहिलेको अवस्थामा ताजा जनादेश आवश्यक भएको बताइन्।
सांसद खिमलाल देवकोटाले सरकारमा समस्या आए अर्को सरकार बनाउन प्रतिनिधिसभाभित्रै विकल्प खोज्नुपर्नेमा त्यसतर्फ नगई विघटन गरेर मध्यावधिमा जानु गलत हुने बताए। सांसद तारादेवी भट्टले प्रतिनिधिसभाको खुट्टा भाँच्नेले लोकतन्त्रका कुरा गरेको बताइन्। यो समाचार नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण