बाल्चनपुर जंगलसहिया सडकको दुवै किनारमा वृक्षारोपण
रौतहटको जंगलसहिया बाल्चनपुर सडकको दुवै किनारमा वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय रौतहटको आयोजनामा गुजारा नगरपालिका–3 जङलसहिया चौकदेखि बाल्चनपुर सडकको दुवै किनारमा वृक्षारोपण गरिएको हो । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख अमरदेव यादव र गुजराका मेयर सन्तलाल चौधरीले संयुक्त रूपमा बिरुवा रोपेर योजनाको शुभारम्भ गरेका छन् ।
महोगनी,गोल्डमोहर,र कल्की फुलको एक हजार बिरुवा रोपिएको सेक्टर बन कार्यालय चोंचाका प्रमुख राजेश साहले जानकारी दिएका छन् । जिल्ला डिभिजन वन प्रमुख यादवले सडकको दुवै किनारमा भएको वृक्षारोपणले वातावरण संरक्षणमा टेवा पुग्ने बताएका थिए । वृक्षारोपण पछि बिरुवाको सुरक्षार्थ बाँसको घेरा डोल लगाइएको र बिरुवा संरक्षणको जिम्मा नगरपालिकाले लिएको गुजरा नपाका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार जयसवालले जानकारी दिएका छन्।
पहिलो चरणमा एक हजार बिरुवा रोपिने र बाँकी रहेको स्थानमा दोस्रो चरणमा पुरा हुने डिभिजन वन कार्यालय रौतहटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण