बाल्चनपुर जंगलसहिया सडकको दुवै किनारमा वृक्षारोपण

रौतहटको जंगलसहिया बाल्चनपुर सडकको दुवै किनारमा वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय रौतहटको आयोजनामा गुजारा नगरपालिका–3 जङलसहिया चौकदेखि बाल्चनपुर सडकको दुवै किनारमा वृक्षारोपण गरिएको हो । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख अमरदेव यादव र गुजराका मेयर सन्तलाल चौधरीले संयुक्त रूपमा बिरुवा रोपेर योजनाको शुभारम्भ गरेका छन् ।
महोगनी,गोल्डमोहर,र कल्की फुलको एक हजार बिरुवा रोपिएको सेक्टर बन कार्यालय चोंचाका प्रमुख राजेश साहले जानकारी दिएका छन् । जिल्ला डिभिजन वन प्रमुख यादवले सडकको दुवै किनारमा भएको वृक्षारोपणले वातावरण संरक्षणमा टेवा पुग्ने बताएका थिए । वृक्षारोपण पछि बिरुवाको सुरक्षार्थ बाँसको घेरा डोल लगाइएको र बिरुवा संरक्षणको जिम्मा नगरपालिकाले लिएको गुजरा नपाका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार जयसवालले जानकारी दिएका छन्।
पहिलो चरणमा एक हजार बिरुवा रोपिने र बाँकी रहेको स्थानमा दोस्रो चरणमा पुरा हुने डिभिजन वन कार्यालय रौतहटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
नदी कटान रोकथाम गर्न सिङ्गा तातोपानीमा ‘कम्पोजिट’ पर्खाल
-
लोकप्रियतावादतिर लाग्दिनँ भन्दै अर्थमन्त्रीले बजेटबारे गरेका पाँच संकेत
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
शिक्षा उपसमितिले आज विद्यालय शिक्षा विधेयकको प्रतिवेदन समितिलाई बुझाउने
-
शान्ति श्री र गौरवको 'लजाउने हैछौनि'मा मिस पवीकाे अभिनय