पत्रपत्रिका
वर्षाले २० वटा पुल क्षतिग्रत
शुक्रबार, २५ असार २०७८, ०६ : ५३
काठमाडौं । गत साता आएको औसत बाढीले उद्घाटनको तयारीमा रहेको हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल भासियो ।
पुलका १२ वटा स्पान (पुल निर्माणको एक भाग) रहेको पुलको सिरहातर्फको दोस्रो स्पान भासिएपछि अनेक प्रश्न खडा भएका छन् । त्यसैगरी निर्माणको अन्तिम चरणमा पुगेको उदयपुरको चौदण्डीगढी नगरपालिका सिवाइस्थित त्रियुगा नदीको पक्की पुलसमेत भत्कियो ।
सो पुलको एउटा स्पान नदीमा झरेको छ भने अर्को ढल्किएको छ । असार १ गते आएको बाढीले मेलम्ची खानेपानी आयोजना अन्तर्गतको पाँचवटा पुल बगायो ।
यस वर्षको वर्षायाम सुरु भएयता मनाङमा तीनवटाका साथै गोरखाको बारपाक अजिरकोट जोड्ने पुल भत्काएको छ । यस वर्षको वर्षा सुरु भएयता २० वटा पुल क्षतविक्षत नै भएका छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
-
युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण