प्रदेश नम्बर २ : ४ करोड खर्च गरेर सरकारले खरिद गरेका बसहरु अलपत्र
प्रदेश नम्बर २ सरकारले प्रदेशभित्र आफैले चलाउने भनेर परिवहन सेवा सञ्चालन गर्ने भन्दै करिब ४ करोड रुपैयाँ खर्चेर बसहरु खरिद गरेको थियो । तर, प्रदेश सरकारले ५ वटा वातानुकूलित बस खरिद गरेको एक वर्ष बित्दा पनि सञ्चालनमा आउन सकेको छैन ।
मधेस भवनको परिसरमै रहेको खेल मैदानमा खरिद गरिएका बस तथा दमकलहरू अहिले पनि थन्किएकै अवस्थामा राखिएको छ ।
प्रदेशको ८ वटै जिल्लामा सञ्चालनका लागि ती बसहरु खरिद गरिएका थिए । त्यस्तै जिल्ला प्रशासन कार्यालयलाई वितरणका लागि ल्याइएका दमकलहरू समेत थन्किएको छ ।
तत्कालीन भौतिक योजना पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले भारतमा प्रदेश सरकारले चलाउँदै गरेको बसको नक्कल गर्दै प्रदेश २ मा पर्सादेखि सप्तरी सम्म बस सञ्चालनको बुनेका थिए । सोनलले प्रदेशका ८ वटै जिल्लालाई जोड्ने गरी सो बस सञ्चालनमा ल्याइने बताएका थिए । सार्वजनिकरुपमै सोनलले प्रदेश परिवहन सञ्चालन कार्यविधि निर्माण गरेर बस सेवा सञ्चालन ल्याइने बताएका थिए ।
तर, जनता समाजवादी पार्टी नेपालमा दुई खेमामा विभाजन भएपछि महन्थ ठाकुर पक्षधर रहेका सोनललाई मुख्यमन्त्री लालबाबु राउतले मन्त्री पदबाट बर्खास्त गरिसकेका थिए । सोनल बर्खास्तीमा परेपछि अहिले नेपाली काँग्रेसका रामसरोज यादव मन्त्री बनेका छन् । नवनियुक्त मन्त्री यादव भने प्रदेशमा बस सेवा सञ्चालन गर्ने योजनाले प्रदेश सरकारको आलोचना हुने भन्दै बस व्यवस्थापन गर्ने तयारी थालेका छन् । मन्त्री यादवले भने, 'ती बसहरू हतार हतारमा खरिद गरेको देखिन्छ, बिना कुनै योजना खरिद गरिएका बस सरकार आफैले सञ्चालनमा ल्याउनुको कुनै तुक छैन ।' उनले अघि थप्दै भने, ‘प्रदेश परिवहनबारे हामी सोच्दै छौँ, बसहरूलाई अन्य कामका लागि विभिन्न संस्थालाई दिएर व्यवस्थापन गर्ने भन्ने तर्फ पनि हामी छलफल गर्दैछौँ ।
त्यस्तै प्रदेश सरकारले कोरोना महामारीको दोस्रो लहरमा खरिद गरेका ९ वटा दमकल पनि प्रयोगविहीन अवस्थामा छ । ५३ लाख रुपैयाँका दरले करिब ५ करोड रुपैयाँ खर्चेर खरिद गरेको वारुणयन्त्र ८ वटै जिल्ला प्रशासन कार्यालय र एउटा दमकल २ नम्बर प्रदेश प्रहरी कार्यालयलाई हस्तान्तरण गर्ने योजना आन्तरिक मामिला तथा कानुन मन्त्रालयको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले हस्तान्तरणको लागि आन्तरिक गृहकार्य भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण