शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

चीनबाट खरिद कोरोनाविरुद्धको खोप आजै पोखरा, बुटवल, हेटौडा पुर्‍याइँदै

शुक्रबार, २५ असार २०७८, १४ : १४
शुक्रबार, २५ असार २०७८

चीन सरकारसँग खरिद गरेको कोरोनाविरुद्धको ८ लाख मात्रा भेरोसेल खोप शुक्रबार बिहान काठमाडौँ पाइपुगेको छ । चीनको सिनोफार्म कम्पनीबाट सरकारले ४० लाख मात्रा खरिदका लागि खरिद सम्झौता गरेको हो । 

सरकारले ४० लाख मात्रा खरिद सम्झौता पहिलो खेपमा आठ लाख मात्रा खोप आइपुगेको परिवार कल्याण महाशाखाका अन्तर्गत खोप शाखाका प्रमुख झलक शर्मा गौतमले जानकारी दिए । अब सरकारले सम्झौता गरेअनुसार यसपछि नेपाल एयरलाइन्सको जहाजमार्फत खोप ल्याइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरकारले चीनसँग ४० लाख डोज भेरोसेल खोपको नन डिस्क्लोजेवल एग्रिमेन्ट गरेको हो । शुक्रबार नै कोरोनाविरुद्धको भेरोसेल खोप पोखरा, हेटौडा, बुटवल पठाउनका लागि तयारी गरिरहेको प्रमुख डा. गौतमले जानकारी दिए । 

खोप  टेकुस्थित खोप भण्डारण केन्द्र, पथलैया भण्डारण केन्द्रहरू केन्द्रीय स्तरका भण्डारण केन्द्र हुन् । यससँगै हेटौँडा, पोखरा, बुटवल, विराटनगर, नेपालगन्ज, सुर्खेत र धनगढीमा पनि क्षेत्रीय स्तरका भण्डारण केन्द्रहरू छन् ।

​हाल चीनको राजधानी बेइजिङबाट खरिद गरेको भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई पहिलो प्राथमिकता दिइने योजना गराएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

त्यसपछि ५५ देखि ६० वर्ष उमेर समूहका नागरिकलाई भेरोसेल खोप दिइने योजना मन्त्रालयले बनाए पनि कुन समूहलाई खोप दिने भनेर निर्णय भने गरेको छैन । अब कोरोनाविरुद्धको खोप प्राप्ति भएको हप्ता दशदिनमा दिन सुरु गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

 भेरोसेल खोप दुईदेखि आठ डिग्री सेन्टिग्रेड तापक्रममा भण्डारण गर्न सकिन्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार असार २४ गते सम्म कोभिशिल्ड र भेरोसेल खोप ३३ लाख ७१ हजार ७६१ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । जसमध्ये पहिलो मात्रा २६ लाख ११ हजार ८०७ जनाले लगाएका छन् भने दोस्रो मात्रा ७ हजार ५९ हजार ९५४ जनाले दोस्रो मात्रा लगाएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप