बागमती प्रदेश कार्यव्यवस्था परामर्श समितिको बैठक ४ बजे
बागमती प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक दिउसो ४ बजेका लागि सारिएको छ । आज दिउँसो १ बजेका लागि तोकिएको प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्राविधिक कारण भन्दै कार्यव्यवस्था परामर्श समितिको बैठक दिउँसो ४ बजेका लागि सारेका हुन् ।
भोलि शनिबार ३ बजे बस्ने प्रदेशसभाको बैठकको एजेण्डा तय गर्नका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाइएको थियो । बैठकमा गत शनिबारबाट अवरुद्ध प्रदेशसभा सञ्चालन, बजेटको विनियोजन माथिको छलफल सञ्चालन लगायतका विषयमा निर्णय हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।
गत शनिबारबाट बागमती प्रदेशसभाको बैठकमा विपक्षी दलहरुले अवरोध गरिरहेका छन् । प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, प्रतिपक्ष दल नेपाली काँग्रेस, विवेकशील साझा पार्टी, नेपाल मजदूर किसान पार्टीले लगातार अवरोध गरिरहेका हुन् ।
विपक्षी दलहरुले प्रदेश सरकारको बजेट कार्यक्रमका बारेमा २ प्रकारका पुस्तक प्रकाशन गरी वितरण गरिनु, विपद् व्यवस्थापन र कोरोना संक्रमण नियन्त्रणमा प्रदेश सरकारले चासो नदिएको, विपद् व्यवस्थापनको बजेट सिधै स्थानीय तहहरुमा पठाउनुपर्नेमा सरकारले संघीयता विपरित जिल्ला प्रशासन कार्यालयमा पठाएको, सशर्त तर्फको बजेट र योजनाको बाँडफाँटमा सत्तापक्ष र प्रतिपक्षका सांसद् र स्थानीय तहहरूबीच विभेद गरेको, प्रदेश सरकार मातहतमा आमसञ्चार गृह सञ्चालन गर्न बजेट विनियोजन गरेको भन्दै विरोध गरिरहेका छन् ।
ती दलले विद्युतीय बस खरिद प्रकृया र सुरुङ मार्ग निर्माणको निर्णय फिर्ता गर्न माग गर्दै बैठकमा अवरोध गरिरहेका छन् । ती मागहरु पुरा नभएसम्म विपक्षी दलहरुले संसद् चल्न नदिने बताउँदै आएका छन् भने सत्तापक्ष कुनै पनि अवस्थामा असार मसान्तभित्र प्रदेश सरकारको बजेट पास गर्ने दाउमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन देशको मुद्राको मूल्य कति ?
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी