एमाले कार्यदल बैठक : विवाद शनिबार टुङ्ग्याउने सहमति
नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलमा एमालेलाई एकताबद्ध राख्ने सहमति जुटेको नेताहरुले दावी गरेका छन् । शुक्रबार झण्डै ८ घण्टा सिंहदरबारमा बसेको कार्यदलको बैठकले विवाद निम्त्याएका एजेण्डामा सहमति जुटाएको नेताहरुको भनाई छ । बैठकपछि कार्यदलका सदस्य एवम् एमाले प्रवक्ता प्रदीप ज्ञवालीले शनिबार भाषिक शुद्धता लगायतका विषयलाई पूर्णता दिएर टुङ्ग्याउने जानकारी दिए ।
‘केही भाषिक शुद्धता मिलाउनुपर्ने भएकाले भोलि फेरि बैठक बस्ने गरेर आठ घण्टा लामो बैठक सकिएको छ । एमालेको भविष्य के हुन्छ भनेर चिन्ता गरिरहेका कार्यकर्तालाई पार्टी एकता हुन्छ भन्ने कुरामा विश्वस्त हुन आग्रह गर्दछु’ ज्ञवालीले भने-‘आजको बैठकले एकताको आधार तय गरिसकेको छ । भोलिको बैठकले त्यसलाई अन्तिम रुप दिन्छ । विवादमा कसरी सहमति खोजियो भन्ने बारेमा पनि भोलि थाहा पाउनुहुनेछ ।’
त्यस्तै कार्यदल सदस्य गोकर्ण विष्टले पनि लामो छलफलपछि सहमतिमा पुगेको बताए । उनले बाँकी विषयमा भोलि छलफल गरेर सहमति जुट्ने बताए । ‘आधा दर्जन विषयमा छलफल भयो, एकाध विषयमा छलफल बाँकी रह्यो, भोलि निष्कर्षमा पुग्छौ’ विष्टको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण