मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
पत्रपत्रिका

तीन वर्षका विवेकको हत्याको रहस्य खोतल्दै प्रहरी, आरोपी १५ वर्षीया युवतीसँग कस्तो थियो सम्बन्ध ?

शनिबार, २६ असार २०७८, ०७ : ४३
शनिबार, २६ असार २०७८

कैलालीको टीकापुर नगरपालिका–१ मुनुवारोडसँगै जोडिएका छन् दुई घर।पूर्वतर्फको घर हत्या आरोपित १५ वर्षीया शकुन्तला (नाम परिवर्तन) को हो भने पश्चिमतर्फको घर विवेक बिष्टको। केही दिनअघि साढे तीन वर्षका विवेकको हत्या भएको छ।विवेक हत्याको आरोप शकुन्तलामाथि लागेको छ ।

उनीहरूको घर जाने बाटो एउटै छ। दुवै परिवारबीच छिमेकीको मात्रै होइन, पारिवारिक सम्बन्ध पनि छ।शकुन्तला र विवेकका बाजे दुई भाइ हुन्।उनीहरूको परिवारबीच खासै ठूलो झैझगडा पनि छैन, थिएन ।

विवेकका बुबा दिलीपलाई दुई परिवारबीच ठूलै झगडा भएको सम्झना छैन।‘त्यस्तो ठूलै झैझगडा छैन, थिएन’, उनले भने, ‘नजिकै बस्दा सामान्य भनाभन हुने कुरा त हुन्छ नै।त्यस्तो कहिलेकाहीं हुन्थ्यो ।’

यो समाचार आजको नागरिक दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप