‘गेमचेन्जर’ का आयोजनामा वर्षेनि लागत वृद्धि
‘गेमचेन्जर’ का आयोजनाका रूपमा लिइने राष्ट्रिय गौरवका सहित रूपान्तरणकारी आयोजनाहरूको लागत वर्षेनि वृद्धि हुँदै जाने देखिएको छ । राष्ट्रिय योजना आयोगले हालै मध्यकालीन बजेट अनुमान तथा त्रिवर्षीय खर्च प्रक्षेपण गर्दै त्यस्ता आयोजनामा बजेट विनियोजन वर्षेनि बढाउने संकेत गरेको हो ।
सरकारले आव २०६८/६९ देखि मुलुकको आर्थिक सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने ठूला पूर्वाधार निर्माण र संस्कृति एवम् वातावरण संरक्षणसम्बन्धी रणनीतिक महत्त्वका आयोजनालाई राष्ट्रिय गौरवका आयोजनाका रूपमा कार्यान्वयनमा ल्याउँदै आएको छ ।
२० ओटा राष्ट्रिय गौरवका आयोजनाहरूमा मात्रै गरिएको खर्च प्रक्षेपणअनुसार आगामी आर्थिक वर्ष २०७८/७९ मा रू. ८० अर्ब ३५ करोड १५ लाख खर्च हुँदै छ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० मा रू. १ खर्ब ६ अर्व ९८ करोड ९४ लाख र २०८०/८१ मा रू. १ खर्ब २१ अर्व २३ करोड ७३ लाख प्रक्षेपण गरिएको छ ।
यो रकम काठमाडौ–तराई मधेश फास्ट ट्र्याक, पुष्पलाल राजमार्ग (मध्यपहाडी राजमार्ग), उत्तर दक्षिण राजमार्ग (कर्णाली, कालीगण्डकी र कोशी), हुलाकी राजमार्ग (पुलहरू समेत), रेल, मेट्रो रेल तथा मोनो रेल विकास आयोजना, बूढीगण्डकी जलविद्युत् आयोजना, माथिल्लो तामाकोशी जलविद्युत् आयोजना (४५६ मेवा), मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल, बबई सिँचाइ आयोजना, सिक्टा सिँचाइ आयोजना, रानी जमरा कुलरिया सिँचाइ आयोजना (प्रणाली आधुनिकीकरण समेत), भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, मेलम्ची खानेपानी आयोजनालगायत राष्ट्रिय गौरवका आयोजनामा खर्च हुँदै छ ।
तीन वर्षको अवधिमा २१ ओटा रूपान्तरणकारी आयोजनामा खर्च हुने लागतको समेत प्रक्षेपण आयोगले गरेको छ । प्रादेशिक सन्तुलन कायम गर्दै उच्च आर्थिक वृद्धिदर प्राप्त गर्न बृहत् प्रभावी र विशिष्ट प्रकृतिका आयोजनालाई रूपान्तरणकारी आयोजनाका रूपमा छनोट गरी राष्ट्रिय योजना आयोगले पन्ध्राैं योजनामार्फत त्यस्ता कार्यक्रम अघि बढाउँदै आएको आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल बताउँछन् । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
-
युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण