सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

मनसुनी वायुको प्रभाव : अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने

सोमबार, २८ असार २०७८, १४ : १८
सोमबार, २८ असार २०७८

मनसुनी वायुको प्रभावले अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । मनसुनी गतिविधि सक्रिय रहिरहने भएकाले धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै एक दुई ठाँउमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटी जानकारी दिइन् ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  विभागका अनुसार राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना औंल्याएको छ । त्यसैले मौसम पूर्वानुमान महाशाखाले यी क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ । 

आगामी बुधबार देशभर सामान्यदेखि पूर्ण बदली भई प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । नेपालमा मनसुन शुरु हुने औसत मिति जुन १३ मानिएपछि यस वर्ष त्यसभन्दा तीन दिनअघि नै शुरु भएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप