अदालतको आदेशले संविधान र लोकतन्त्रको रक्षा भयो : नारायणकाजी श्रेष्ठ
सोमबार, २८ असार २०७८, १४ : २१

नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले सर्वोच्चको आदेशले पुनः एकपटक संविधान र लोकतन्त्रको रक्षा भएको बताएका छन् । सर्वोच्चले प्रतिनिधिसभा विघटन बदर गरेपछि रातोपाटीलाई प्रतिक्रिया दिँदै उनले अदालतको फैसलाले संविधान र लोकतन्त्रको रक्षामा महत्वपूर्ण योगदान पुगेको बताए ।
‘सर्वोच्च अदालतको आजको आदेशले संविधान र लोकतन्त्रको रक्षामा महत्वपूर्ण योगदान पुगेको छ’, उनले भने, ‘प्रतिगमनको विरुद्ध संघर्ष गर्ने सबै राजनीतिक पार्टी, नागरिक आन्दोलनकर्मी र आम जनसमुदायलाई बधाई दिन चाहन्छौं ।’ उनले फैसलाको पार्टीले स्वागत गरेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?