आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

‘चोलेन्द्र शमशेर मुर्दावाद’ भन्दै प्रधानन्यायाधीशको पुत्ला जलाउने प्रयास, युवा संघ र प्रहरीबीच झडप

सोमबार, २८ असार २०७८, १५ : २६
सोमबार, २८ असार २०७८


सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदमलाई खारेज गर्दै प्रतिनिधिसभा पुनर्स्थापना गरेको छ । सर्वोच्चको फैसला लगत्तै सत्तारुढ दल नेकपा एमाले निकट युवा संघ सडक प्रदर्शनमा उत्रिएको छ ।

प्रदर्शनका क्रममा युवा संघका कार्यकर्ताले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पुत्ला दहन गर्ने प्रयास गरेका थिए । पुत्ला दहनको प्रयास गर्दा युवा संघका कार्यकर्ता र प्रहरीबीच केही बेर झडप भएको छ । प्रदर्शनकारीले ‘चोलेन्द्र शमशेर मुर्दावाद’ को नारा लगाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप