प्रतिगमनको हार भएको छ : उपेन्द्र यादव
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतको आजको आदेशले संघीयता, लोकतन्त्र र संविधानको रक्षा भएको प्रतिकृया दिएका छन् । विपक्षी गठबन्धनका नेता समेत रहेका अध्यक्ष यादवले सर्वोच्चको आदेशपछि रातोपाटीलाई प्रतिकृया दिँदै भने, ‘एकपटक पुनः प्रतिगमनको हार भएको हो र अग्रगमनको जित भएको छ ।’ प्रतिगमनकारीहरुले अझै षड्यन्त्र गर्न सक्नेतर्फ सचेत गराउँदै उनले त्यसका लागि सतर्क रहनुपर्ने बताए ।
उनले अब गठबन्धनले संविधान, लोकतन्त्र र संघीयताको रक्षाका लागि काम गर्ने स्पष्ट पारे । ‘गठबन्धनको काँधमा ठूलो जिम्मेवारी आएको छ, देशमा देखिएको अन्योलतालाई अन्त्य गरी सुशासन कायम गर्ने अभिभारा गठबन्धनको काँधमा आएको छ, गठबन्धनको अगामी यात्रा सहमति र सहकार्यको आधारमा अघि बढ्छ’ अध्यक्ष यादवले भने ।
त्यस्तै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सदस्य रामेश्वर राय यादवले सर्वोच्च अदालतले लोकतन्त्रको रक्षा गरेर जनताको विश्वास जितेको प्रतिकृया दिए । उनले संसद विघटन भएपछि देशमा एकखालको अन्योलता देखिएको र त्यसलाई अन्त्य गर्नका लागि सर्वोच्चको आदेशले महत्वपूर्ण भूमिका खेलेको प्रतिकृया दिए ।
अदालतको आदेशले एमाले अध्यक्ष केपी शर्मा ओली युगको अन्त्य भएको उनको भनाई छ । ओलीको निरंकुश शासनबाट जनता मुक्त भएकोमा देशमा खुसीयाली छाएको उनले बताए । ‘२०४६ मा निरंकुश पञ्चायती व्यवस्था र २०६२ मा शाही शासनबाट मुक्त हुँदा जसरी जनता खुशी भएका थिए, त्यसरी नै आज ओलीको शासनबाट मुक्त हुँदा नेपाली जनता खुशी भएका छन्’ उनको भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको अर्थतन्त्रको ५ चित्र
-
फिफा विश्वकप २०२६ का १० ‘कन्ट्रोभर्सी’ : रोनाल्डोदेखि डोनाल्ड ट्रम्पसम्म तानिए विवादमा
-
सर्वोच्चको झट्काले पनि चेतेन पर्यटन मन्त्रालय, नयाँ नियुक्तिमा फेरि चलखेल
-
यसरी खानुस् चिया सिड
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
संसद्ले लोकतान्त्रिक बाटो बिराउँदैछ : सांसद कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण