शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

तालिबानको आदेश : महिला पुरुषसँग बजारमा नजाउन्, पुरुषले दाह्री नकाटुन्

बिहीबार, ३१ असार २०७८, १२ : २६
बिहीबार, ३१ असार २०७८

उत्तर अफगानिस्तानको एक सुदूर क्षेत्रमा कब्जा जमाएपछि कट्टरपन्थी इस्लामिक संगठन तालिबानले आफ्नो पहिलो आदेश जारी गरेको छ । यसमा महिला कुनै पुरुषसँग बजारमा जान नसक्ने र पुरुषले दाह्री काट्न र धुम्रपान गर्न नपाउने भनिएको छ । यो खबर समाचार एजेन्सी एएफपीमा प्रकाशित छ ।

एजेन्सीले केही स्थानीयलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको छ । स्थानीयका अनुसार तालिबानले स्थानीय इमामलाई यी सबै शर्त एउटा पत्रमा लेखेर दिएको छ । साथै यसमा उक्त आदेश पालना नगर्नेहरुले कडा सजाय दिइने पनि बताइएको छ ।

नेटो सैनिक फर्किएसँगै अफगान तालिबानले अफगानिस्तानमा आफ्नो पहुँच बढाउन सुरु गरेको थियो । तालिबानले अब उसको कब्जामा अफगान सरकारभन्दा बढी क्षेत्र भएको र त्यहाँ अत्यधिक स्रोत साधन भएको दाबी गरेको छ ।

छिमेकी देशसँग जोडिएका सीमामा रहेका केही प्रमुख चौकीमा तालिबानले कब्जा जमाएको छ ।

साथै, तालिबानले शहरमा लडाईं लड्न नचाहेको भन्दै अफगान सरकारलाई ‘आफ्ना सैनिकलाई आत्मसमर्पण गर्न भनेको छ’ ।

अघिल्लो महिना अफगानिस्तानको शेर खाँ बांदेर क्षेत्रमा कब्जा जमाएपछि तालिबानले स्थानीयलाई महिलालाई घरबाट बाहिर ननिस्कन आदेश दिएको छ ।

त्यसपछि थुप्रै रिपोर्ट सार्वजनिक भए जसमा शेर खाँ बांदेर क्षेत्रका धेरैजसो महिला सिलाई बुनाई र जुत्ता बनाउने काममा समावेश भएको र सबैले तालिबानको डरले काम बन्द गर्नुपरेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप