तालिबानको आदेश : महिला पुरुषसँग बजारमा नजाउन्, पुरुषले दाह्री नकाटुन्
उत्तर अफगानिस्तानको एक सुदूर क्षेत्रमा कब्जा जमाएपछि कट्टरपन्थी इस्लामिक संगठन तालिबानले आफ्नो पहिलो आदेश जारी गरेको छ । यसमा महिला कुनै पुरुषसँग बजारमा जान नसक्ने र पुरुषले दाह्री काट्न र धुम्रपान गर्न नपाउने भनिएको छ । यो खबर समाचार एजेन्सी एएफपीमा प्रकाशित छ ।
एजेन्सीले केही स्थानीयलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको छ । स्थानीयका अनुसार तालिबानले स्थानीय इमामलाई यी सबै शर्त एउटा पत्रमा लेखेर दिएको छ । साथै यसमा उक्त आदेश पालना नगर्नेहरुले कडा सजाय दिइने पनि बताइएको छ ।
नेटो सैनिक फर्किएसँगै अफगान तालिबानले अफगानिस्तानमा आफ्नो पहुँच बढाउन सुरु गरेको थियो । तालिबानले अब उसको कब्जामा अफगान सरकारभन्दा बढी क्षेत्र भएको र त्यहाँ अत्यधिक स्रोत साधन भएको दाबी गरेको छ ।
Days after the Taliban captured a remote district in Afghanistan's north, they issued their first orders in the form of a letter to the local imamhttps://t.co/Doa6T4es5P
— AFP News Agency (@AFP) July 14, 2021
छिमेकी देशसँग जोडिएका सीमामा रहेका केही प्रमुख चौकीमा तालिबानले कब्जा जमाएको छ ।
साथै, तालिबानले शहरमा लडाईं लड्न नचाहेको भन्दै अफगान सरकारलाई ‘आफ्ना सैनिकलाई आत्मसमर्पण गर्न भनेको छ’ ।
अघिल्लो महिना अफगानिस्तानको शेर खाँ बांदेर क्षेत्रमा कब्जा जमाएपछि तालिबानले स्थानीयलाई महिलालाई घरबाट बाहिर ननिस्कन आदेश दिएको छ ।
त्यसपछि थुप्रै रिपोर्ट सार्वजनिक भए जसमा शेर खाँ बांदेर क्षेत्रका धेरैजसो महिला सिलाई बुनाई र जुत्ता बनाउने काममा समावेश भएको र सबैले तालिबानको डरले काम बन्द गर्नुपरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण