डेल्टा भेरिएन्टविरुद्ध फाइजरको खोप कम प्रभावकारी रहेको इजरायली अधिकारीको चेतावनी
इजरायली अधिकारीहरूले फाइजर खोप कोरोना भाइरसको डेल्टा भेरियन्टविरुद्ध कम प्रभावकारी रहेको चेतावनी दिइरहेका छन् । पहिलोपटक भारतमा देखिएको डेल्टा भेरियन्टसँग अहिले अमेरिकामा पनि फैलिएको छ । अमेरिकामा अहिले भेटिएका कुल सङ्क्रमितमध्ये ३१ प्रतिशतमा डेल्टा भेरियन्टसँग देखिएको छ ।
‘हामीलाई खोपले कतिसम्म काम गर्छ भन्ने ठ्याक्कै थाहा छैन, तर यसको प्रभावकारिता कम देखिएको छ,’ इजरायली प्रधानमन्त्री नाफ्टाली बेन्नेटले भने । यो खोपले इजरायलमा मानिसहरूलाई गम्भीर बिरामी हुनबाट जोगाइरहेको छ । इजरायलमा ६० प्रतिशतभन्दा धेरै जनसङ्ख्याले खोप लगाइसकेको छ । केवल १ दशमलव ६ प्रतिशत मानिस मात्रै गम्भीर अवस्थामा छन् । जबकि, खोप लगाउनुअघि ४ प्रतिशत बिरामी गम्भीर अवस्थामा थिए ।
बेटा भेरियन्टविरुद्ध पनि फाइजरको प्रभावकारितालाई लिएर प्रश्नहरू उठेको छ, यो भेरियन्टसँग पहिलोपटक दक्षिण अफ्रिकामा पहिचान भएको थियो । बेलायतले फ्रान्सबाट आफ्नो देश फर्कनेहरूलाई खोप लगाएकै भए पनि १० दिन आइसोलेसनमा बस्न भनेको छ, किनकि त्यहाँ बेटा भेरियन्ट फैलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण