मौद्रिक नीति उपयुक्त समयमा ल्याइन्छ : राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति निर्माणको क्रममै रहेकाले उपयुक्त समयमा ल्याइने बताएको छ । आइतवार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देवकुमार ढकालले मौद्रिक नीति ल्याउने सन्दर्भमा सरोकारवालाहरु सँग छलफल भइरहेको भन्दै उपयुक्त समयमा ल्याइने बताएका हुन् । पूर्व गभर्नरहरूसँग छलफल गर्न बाँकी नै रहेको उनले बताए । सुझाव संकलन गरिरहेको र आन्तरिक तयारी गरिरहेको उनले बताए ।
उनले भने– ‘आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति निर्माणको क्रममा विभिन्न सरोकारवाला निकायहरुसँग सुझाव संकलन गर्ने कार्य हामीले सम्पन्न गरिसकेका छौँ । एक दुईवटा सरोकारवाला खासगरी पूर्व गभर्नरज्यूहरुसँग सुझाव संकलन गर्ने काम बाँकी छ । र सो सुझाव संकलनको आधारमा हामी मौद्रीक नीतिको निर्माणको आन्तरिक तयारी पनि सँगसँगै गरिरहेको अवस्था छ ।’
सरकारले आर्थिक वर्ष २०७८/०७९ बजेट अध्यादेशबाट ल्याएको र हाल सरकार समेत परिवर्तन भएको सन्दर्भमा मौद्रिक नीति कहिले आउँछ भन्ने चासोको विषय बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक स्याहार सुधार्ने बेलायती प्रधानमन्त्रीको प्रतिबद्धता
-
मोटोपनको सिकार भइरहेका छन् इटालीका बालबालिका ?
-
परराष्ट्र मन्त्रालयको गतिविधिले कूटनीतिक इतिहास लेख्न गाह्रो भयो : इतिहासविद् पोखरेल
-
अब धादिङबाट ७ मिनेटमै काठमाडौँ, तीन महिनासम्म निःशुल्क सञ्चालन
-
माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम
-
सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण