ग्रेट वाल मोटर्सको तीन नयाँ मोडलका गाडी नेपाली बजारमा
ग्रेट वाल मोटर्स नेपाली बजारमा तीन नयाँ मोडलका गाडीहरुको साथमा प्रवेश गरेको छ । विशाल ग्रुपको सहायक संस्था भी. जी. इम्पेक्स प्रा. लि. नेपालमा ग्रेट वाल मोटर्सका लागि आधिकारिक विक्रेता हो ।
भी.जी.इम्पेक्सले जीडब्लूएमसँग सहकार्य गर्दै अहिले दुईवटा एसयूभी र एक पिक–अप मोडेल बजारमा ल्याएको छ । यी तीनै वटा गाडी आफ्नो समूहमा नौलो र उत्कृष्ट रहनेमा कम्पनीले विश्वास जनाएको छ ।
थर्ड जेनेरेसन ह्याभल एच६
यो गाडी एसयूभी वर्गमा पर्दछ । यसमा २.० लिटरको दमदार टर्बो पेट्रोल इन्जिन रहेको छ । यसमा १५० किलोवाट शक्ति र ३२० एनएम टोर्क डिस्प्लेसमेन्ट रहेको छ । यसको हाइयर ग्राउण्ड क्लीयंरेसले नेपालकोे खाल्डो खुल्डी भएको सडकमा पनि आरामदायी सवारीको अनुभव गराउनका साथै रफ सडकबाट गाडीलाई सुरक्षित राख्दछ । ७२% उच्च गुणस्तरको स्टीलले बनेको यो गाडीको बनावटले, यस गाडीलाई अर्कै खाले स्थीरता र मजबुती प्रदान गर्दछ । यसको बाहिरी र भित्री सुन्दरता पनि उत्तीकै राम्रो छ । पानोरामिक सनरुफ, अटोमेटिक वाईपर, मल्टि फङ्सनल स्टेरिङ, आठ तरिकाले मिलाउन मिल्ने ड्राईभर सीट, तार रहित चार्जिङ्गले गाडीलाई नयाँ स्वरुप दिन्छ । ट्राफिक सिग्नल चिन्ने र लेनमा रही रहने व्यवस्था यस गाडीमा रहेको छ । यसको प्रारम्भिक मूल्य रु. ९६,९९,९९९/– रहेको छ ।
ह्याभल जोलिओन
यो मोडेल पनि तीनवटा संस्करणमा प्रस्तुत गरिँदै छ । यसमा १.५ लिटरको टर्बो पेट्रोल इन्जिनले ११० केडब्लू शक्ति र २२० एनएम टोर्क डिस्प्लेसमेन्ट रहेको छ । यसमा भएको बढी ग्राउण्ड क्लीयरेन्सले नेपाली सडकमा गाडी गुडाउने अनुभवलाई अर्कै स्तरमा पु¥याउने कम्पनिको दावी रहेको छ । चार किसिमको ड्राईभ मोड, इलेक्ट्रिक पार्किङ्ग ब्रेकिङ्ग र ७३% उच्च गुणस्तरको स्टीलले बनेको यो गाडीको बनावटले, यस गाडीलाई अर्कै खाले स्थीरता, मजबुती र सुरक्षा प्रदान गर्दछ । यो गाडी पाँच वटा रंगहरु ब्लु, ब्लैक, गे्र, हेमिल्टन व्हाईट र मार्स रेडमा उपलब्ध हुनुका साथै प्रारम्भिक मूल्य रु.५५,४९,९९९/– मा बजारमा उपलब्ध छ ।
पीऔइआर पिक–अप
यो मोडेल दुईवटा संस्करण एलीट र पाईलटमा बजारमा उपलब्ध हुनेछ । २.० लिटरको डिजल इन्जिनले अधिकतम आउटपुट दिन्छ । १२० केडब्लू शक्ति र ४०० एनएम टोर्क डिस्प्लेसमेन्ट यसमा रहेको छ । ८४% उच्च गुणस्तरको स्टीलको बडीले गाडीलाई अधिक भारवहन क्षमता, स्थीरता र मजबुती प्रदान गर्दछ । सनरुफ पनि पिक–अप गाडीमा पहिलो पटक यसमा रहने छ । यसमा साँचो रहित स्टार्ट गर्ने नयाँ सुविधा पनि पहिलो हो । यस गाडीको प्रारम्भिक मूल्य रु.६४,९९,९९९/– मा बजारमा उपलब्ध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा इरानको कडाइ, नियम उल्लङ्घन गरेको भन्दै फर्काइरहेछ जहाज
-
यी चिजसँग खानु हुँदैन बदाम
-
आँपको उत्पादन बढ्यो, घटेन मूल्य
-
कहाँ पुग्यो कोरियामा दक्ष श्रमिक पठाउने ‘ई–७ भिसा’ प्रक्रिया ?
-
सांसद गणेश पौडेलमाथि कालो मसी प्रहार प्रकरण : गरुडा प्रहरीमा जाहेरी
-
भारतीय सेनाकी पहिलो महिला मुक्केबाज ज्यास्मिन लाम्बोरिया, ग्लासगोमा स्वर्णको आस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण