काठमाडौँमा एक सातादेखि फोहोर व्यवस्थापन ठप्प, सिसडोल ल्यान्डफिल साइट भरियो
राजधानीको फोहोर व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ । काठमाडौ र ललितपुर महानगरसहित १८ स्थानीय तहको फोहोर व्यवस्थापन भइरहेको सिसडोल ल्यान्डफिल साइट पूर्णरूपमा भरिएपछि उपत्यकाको फोहोर व्यवस्थापनमा गम्भीर समस्या आएको हो । विगत दुई महिनायता दर्जनौंपटक फोहोर उठ्न सकेको छैन । पछिल्लो एक सातायता फोहोर व्यवस्थापन ठप्प छ ।
फोहोर व्यवस्थापनमा समस्या आएपछि प्रधानमन्त्री कार्यालयले आइतबार शहरी विकास तथा भवन निर्माण विभाग, सडक विभाग, काठमाडौं महानगरपालिकालाई बोलाएको थियो । प्रधानमन्त्री कार्यालयमा भएको बैठकमा सरोकारवाला निकायले बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन हुन सक्ने गरी तयारी भइरहेको बताएको थियो । बैठकलगत्तै दिउँसो प्रधानमन्त्री कार्यालयको निर्देशनमा काठमाडौं महानगरपालिका, सडक विभाग र शहरी विकास तथा भवन निर्माण विभागको टोली बन्चरेडाँडा ल्यान्डफिल साइट पुगेको थियो । साइट अवलोकन गर्दा दशैंअघि फोहोर व्यवस्थापन हुन सक्ने अवस्था नदेखिएको कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठले बताए ।
उनले भने– ‘सिसडोल ल्यान्डफिल साइट भरिइसकेको छ, ‘भ्याली टु’ को केही स्थान खाली गरेर फोहोर व्यवस्थापन गरिरहेका छौं । यही अवस्था हो भने दशैंसम्म बन्चरेडाँडा ल्यान्डफिल साइट बन्न सक्ने अवस्था देखिँदैन ।’ विभागको आलटालको कारण काम अघि बढ्न नसकेको आरोप लगाउँदै अबको दशैंतिहारसम्म पनि फोहोर व्यवस्थापन गर्न समस्या हुने कामपाको भनाइ छ । श्रेष्ठले भने– ‘हामीले बन्चरेडाँडा ल्यान्डफिल साइट तयार ग¥यौं भनेको एक वर्ष हुन लाग्यो, अहिले पनि तयार गर्दै छौं भनिरहेका छन् ।’
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण