खोप किन्न एडीबीले नेपाललाई १९ अर्ब ऋण दिने
बहुपक्षीय ऋणदाता एशियाली विकास बैंक (एडीबी) ले कोरोना भाइरसविरुद्धको खोप किन्न नेपाललाई (१६५ मिलियन अमेरिकी डलर) करीब रू.१९ अर्ब ६३ करोड ऋण दिने भएको छ ।
सरकारले खोप किन्न एडीबीसँग गरेको ऋणसम्बन्धी प्रस्तावलाई हालैको एडीबी बोर्ड बैंकले अनुमोदन गरेको हो । अर्थ मन्त्रालय वैदेशिक महाशाखामार्फत त्यससम्बन्धी प्रस्ताव पठाइएको थियो ।
एडीबीले डिसेम्बर २०२० मा ९ अर्ब डलरको एशिया प्यासिफिक खोप पहुँच सुविधा कार्यक्रम सार्वजनिक गरेको थियो । नेपाल सरकारको प्रस्तावमा यही कार्यक्रमअन्तर्गत रहेर एडीबीले नेपाललाई यो ऋण दिन लागिएको हो । एडीबीका अनुसार एशिया प्यासिफिक क्षेत्रका देशमा खोपको पहुँच पु¥याउने एडीबीको कार्यक्रम छ । एडीबीले यस ऋणबाट १ करोड ५९ लाख डोज खोप किन्न पुग्ने अनुमान गरेको छ । यसले करीब ६८ लाख नागरिकलाई महामारीबाट बचाउन सहयोग पुग्ने र खोपको राष्ट्रिय अभियानमा सघाउन पुग्ने एडीबीका अध्यक्ष मासाटुगु आशाकावाले बताएका छन् । जीवनरक्षाका निम्ति अत्यावश्यक खोप किन्न तथा आफ्ना नागरिकहरूलाई संक्रमणबाट बचाउन शीघ्र खोप किनी लगाउन अपरिहार्य भएको एडीबीका अध्यक्ष आशाकावाको भनाइ छ ।
अर्थतन्त्रलाई पुनर्जीवन दिन र नागरिकका दैनिकी एवं आर्थिक गतिविधि पुनःसञ्चालन गर्न नेपालका निम्ति खोप उपयोगी हुने विश्वाससमेत उनले व्यक्त गरेको एडीबीद्वारा बिहीवार जारी विज्ञप्तिमा उल्लेख छ ।
यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरो कप र नेसन्स लिगको सेमिफाइनलमा फ्रान्सलाई हराएको शैली नै अपनाउने स्पेनको रणनीति
-
विश्वविद्यालयमा दलीय राजनीति अन्त्य गर्ने उपकुलपतिहरूको प्रतिबद्धता
-
फाइनलसरह फ्रान्स र स्पेन भिडन्तः यस्तो छ सम्भावित टोली र पूर्वानुमान
-
हामी युरो कप विजेता हौँ, फ्रान्ससँग डर छैन: लामिन यामाल
-
कटुवा पेस्तोल र गोलीसहित सैलुन सञ्चालकसहित ३ जना पक्राउ
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण