कटुवा पेस्तोल र गोलीसहित सैलुन सञ्चालकसहित ३ जना पक्राउ
सारांश
- सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ८ मा रहेको एक सैलुन पसलबाट प्रहरीले कटुवा पेस्तोल र गोलीसहित तीन जनालाई पक्राउ गरेको छ ।
- सैलुन सञ्चालक राजेश कुमारको पसलमा '२ इन १ भ्याकुम क्लिनर' लेखिएको बट्टाभित्र लुकाइराखेको अवस्थामा १ थान कटुवा पेस्तोल र २ राउन्ड गोली बरामद भएको छ ।
- हतियार कुर्सीमा राख्ने कार्यमा संलग्न अन्य दुई जनालाई समेत प्रहरीले नियन्त्रणमा लिई हातहतियार खरखजाना सम्बन्धी कसुरमा थप अनुसन्धान गरिरहेको छ ।
सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ८ स्थित प्रादेशिक अस्पताल जाने बाटोमा रहेको एक सैलुन पसलबाट प्रहरीले कटुवा पेस्तोल र गोलीसहित मानिसहरूलाई नियन्त्रणमा लिएको छ । गत असार २८ गते सो सैलुन पसलमा कटुवा पेस्तोल राखिएको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी टोली खटिएको थियो ।
प्रहरी टोलीले खानतलासी गर्दा भारतको बिहार राज्य जिल्ला सितामढी थाना बाजपट्टी ब्लक बाजपट्टी वडा नम्बर १२ स्थायी घर भई हाल मलंगवा नगरपालिका वडा नम्बर ८ अस्पताल रोडमा कपाल काट्ने सैलुन पसल सञ्चालन गर्ने लालबाबु ठाकुरको छोरा अन्दाजी ३८ वर्षीय राजेश कुमारको सैलुनमा हतियार फेला पारेको हो ।
उक्त पसलको कुर्सी माथि कालो प्लास्टिकको झोलामा राखिएको ‘२ इन १ भ्याकुम क्लिनर’ लेखिएको बट्टा भित्र लुकाएर राखिएको अवस्थामा १ थान कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने २ राउन्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ। हतियार बरामद भएपछि सोही घटनाको अनुसन्धानका क्रममा असार २९ गते सर्लाहीको ब्रह्मपुरी गाउँपालिका वडा नम्बर ४ स्थित पुल नजिकबाट यसमा संलग्न अन्य दुई जनालाई समेत पक्राउ गरिएको छ ।
पक्राउ पर्ने अन्य व्यक्तिहरूमा हतियार कुर्सीमा राख्ने कार्यमा संलग्न भारत बिहार राज्य जिल्ला सितामढी ग्राम पञ्चायत वडा नम्बर १४ सोनबर्षा बस्ने अन्दाजी २३ वर्षीय डब्लु कुमार र सो कार्यमा सहयोग गर्ने सोही ठाउँको वडा नम्बर १ लालबन्दी बस्ने अन्दाजी ३६ वर्षीय महमद अबुलेस रहेका छन् । पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिई हातहतियार खरखजाना सम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाइएको छ ।
उनीहरूमाथि थप अनुसन्धान गर्नका लागि सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको प्रहरी प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरी गाजामा इजरायली हवाई आक्रमण, सात प्यालेस्टिनीको मृत्यु
-
युवा संघका सचिवालय सदस्य बमसहित २४ जना जुवाखालबाट पक्राउ
-
युरो कप र नेसन्स लिगको सेमिफाइनलमा फ्रान्सलाई हराएको शैली नै अपनाउने स्पेनको रणनीति
-
विश्वविद्यालयमा दलीय राजनीति अन्त्य गर्ने उपकुलपतिहरूको प्रतिबद्धता
-
फाइनलसरह फ्रान्स र स्पेन भिडन्तः यस्तो छ सम्भावित टोली र पूर्वानुमान
-
हामी युरो कप विजेता हौँ, फ्रान्ससँग डर छैन: लामिन यामाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण