नारायणहिटीमाा राज्याभिषेक बग्गी राखिँदै
शुक्रबार, ०८ साउन २०७८, ०८ : ०६
नारायणहिटी संग्रहालय अवलोकन गर्न आउनेले अबदेखि स्वर्गीय राजा वीरेन्द्रले २०३१ सालमा राज्याभिषेकमा प्रयाेग गरेको बग्गी हेर्न पाउने भएका छन् ।
नेपाली सेनाको क्याबलरी गुल्ममा रहेको सो बग्गी मर्मत गरी संग्रहालयमा प्रदर्शनका लागि राख्न लागिएको हो । राजा त्रिभुवन र महेन्द्रले प्रयोग गर्ने पुरानो सवारीसाधन पनि मर्मत गरी प्रदर्शनीमा राख्ने तयारी भइरहेको सङ्ग्रहालयले जनाएको छ ।
सबै सवारीसाधन पुरानो भइसकेकाले मर्मत गरेर सकेसम्म चल्ने अवस्थामा प्रदर्शनीमा राख्ने तयारी भइरहेको छ । संग्रहालय विकास समितिका प्रमुख भेषनारायण दाहालले राजा वीरेन्द्र र त्यसअघिका शाहीकालीन राजाले प्रयोग गर्ने सामग्री प्रदर्शनीमा राख्ने क्रममा बग्गी राख्न लागिएको जानकारी दिए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण