जसपा विवाद साउन ११ गते टुंगिने
निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवाद टुंग्याउन कार्यकारिणी समिति सदस्यलाई साउन ११ गते सनाखतका लागि बोलाएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित पाँच जना आयुक्तको संयुक्त इजलासले कार्यकारिणी समितिका सदस्यलाई साउन ११ गते बोलाएको आयोगले जनाएको छ र सोही दिन आयोगले फैसला पनि सुनाउनेछ । सक्कल नागरिकता र मतदाता परिचयपत्रको आधारमा अधिकांश कार्यसमिति सदस्य कसको पक्षमा रहेको निर्णय गर्ने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।सो पार्टीका आधिकारितासम्बन्धी विवादबारे टुंगो लगाउन हिजो दिनभर बहस भएको थियो ।
पार्टीको आधिकारिकता दाबी गर्दै उपेन्द्र यादवले आयोगमा निवेदन दिएपछि अर्का अध्यक्ष महन्थ ठाकुरले पनि आफ्नो दाबी पेस गरेका थिए । त्यसपछि आयोगले विवाद निरूपणका लागि इजलास गठन गरी सुनुवाइ थालेको हो । जसपाले निर्वाचन आयोगमा केन्द्रीय समितिका रूपमा ५१ सदस्यीय कार्यकारिणी समिति दर्ता छ । सो समितिमा उपेन्द्र यादव पक्षले आफूहरूतर्फ ३० जना रहेको दाबी गरेको छ ।
यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण