आमा गुमाएर पनि गीत गाइरहेका कर्णराज भ्वाइस अफ नेपालबाट बाहिरिए
शुक्रबार, ०८ साउन २०७८, २२ : ४१
रियालिटी शो द भ्वाइस अफ नेपालबाट कर्णराज गिरी बाहिरिएका छन् । शुक्रबार राति भएको अन्तिम १० को प्रतिस्पर्धामा सबैभन्दा कम भोट पाएपछि उनी प्रतियोगिताबाट बाहिरिएका हुन् । शुक्रबारको प्रतियोगितामा उनी अन्तिम ९ को प्रवेशका लागि टीम तृष्णाबाट प्रतिस्पर्धामा थिए ।
राजधानीमा ट्याक्सी चलाउने काम गर्ने उनले औपचारिक रुपमा संगीत नसिकेको बताउँदै आएका छन् । तर उनी दर्शक स्रोतका मत जित्न सफल भएका थिए । उनको केही दिनअघि आमाको निधन भएपनि प्रतिस्पर्धामै रहेका थिए । आजको प्रस्तुतिपछि स्वास्थ्यमा समस्या भएपछि नतिजा घोषणा समारोहको लाइभमा उनी भर्चुअल माध्यमबाट जोडिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभ्यास खेलमा विनवार्डस भोलक्यानोजविरुद्ध नेपालको दोस्रो जित
-
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची
-
गायक रवि ओड ५ लाख धरौटीमा रिहा
-
फेरिएको गृह मन्त्रालय : समस्या लिएर आउँछन् नागरिक, तत्कालै हुन्छ सम्बोधन
-
बागमती संसदीय समितिको सभापतिका लागि आज मनोनयन दर्ता
-
वर्षाले खेल रद्द हुँदा हैदराबाद आईपीएलको प्लेअफमा