सशस्त्रका डीआईजी प्रविन श्रेष्ठलाई हटाउनुको कारण पेस गर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक (डीआईजी) प्रविणकुमार श्रेष्ठलाई सेवाबाट हटाउनुको कारण पेस गर्न आदेश दिएको छ । श्रेष्ठले अनिवार्य अवकासमा गएको पत्र पाएपछि सर्वोच्चमा ७ साउनमा रिट दर्ता गरेका थिए ।
उनले दायर गरेको रिटको प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले श्रेष्ठलाई अवकास दिने निर्णय तत्काललाई यथास्थितिमा राख्न आदेश जारी गरेको हो । श्रेष्ठले एक महिनाअघि सेवाबाट अनिवार्य अवकाश पाएका थिए ।
सशस्त्र प्रहरी बलमा महानिरीक्षकको सिफारिसमा एक वर्ष समयावधि थप्न सक्ने प्रावधान छ । सशस्त्र प्रहरी नियमावलीमा डीआईजीको पदावधि चार वर्षको छ ।
उनको सेवा अवधि थप्न सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले गृह मन्त्रालयमा सिफारिस गरेका थिए । तर, गृह मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको सो सिफारिसलाई अन्तिम समयमा मुख्य सचिवले हस्ताक्षर गर्न नमानेपछि उनले अनिवार्य अवकाश पाएका थिए ।
सशस्त्र प्रहरी नियमावली २०७२ आएपछि हालसम्म पाँच जना डीआईजी र दुई जना एआईजीको एक वर्ष सेवा अवधि थप भए पनि श्रेष्ठको भने थपिएको थिएन । नयाँ नियमावलीपछि एक वर्ष सेवा अवधि नथपिनेमा उनी मात्रै हुन् ।
यो समाचार आजको राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण