कर्णाली राजमार्गमा थपिए १२ वटा पक्की पुल
कर्णाली राजमार्गमा मात्र पछिल्ला चार वर्षको अवधिमा थप १२ वटा पक्की पुल निर्माण भएका छन् । आर्थिक वर्ष २०७३/७४ देखि सुरु भई गत आर्थिक वर्ष २०७७/७८ को अवधिमा यो राजमार्गमा सो सङ्ख्यामा पुलको निर्माण सम्पन्न भएको हो ।
सडक विभागका महानिर्देशक अजुनजङ्ग थापाले कर्णाली राजमार्गको विस्तार र स्तरोन्नति गर्ने कार्यक्रमअन्तर्गत १२ वटा नयाँ पक्की पुलको निर्माण सम्पन्न भएको जानकारी दिनुभयो । पश्चिम नेपालको सुर्खेतबाट दैलेख र कालीकोट हुँदै कर्णाली नदीको किनारै किनार भएर जुम्लासम्म पुग्ने मार्गलाई कर्णाली राजमार्ग भनिन्छ ।
महानिर्देशक थापाका अनुसार सो राजमार्गको माटे खोला, तीला खोला, कुवा खोला, लुम्चडी खोला, गुहेगाड खोला, काले खोला, पाल्तडा खोला, कानेगाड खोला, दही खोला, छिडेना खोला, सिँजा खोला र पातले खोलामा पुल निर्माण सम्पन्न भएका छन् । ती पुलहरूको निर्माणका लागि आर्थिक वर्ष २०७३/७४ मा विभिन्न निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।
करिब ४३ करोड रुपियाँको लागतमा निर्माण सम्पन्न भएका ती पुल दुई लेनका छन् ।तीला खोलाबाहेकका पुलको निर्माण २०७४ को जेठदेखि निर्माण सुरु भई गत आर्थिक वर्षको माघभित्रमा नै सम्पन्न भएका हुन् ।
तीला खोलाको पुल निर्माणका लागि २०७५ मा सम्झौता भई यस वर्षको जेठमा सम्पन्न भएको थियो । एक दशकअघि २०६३ साल चैत महिनाको ३० गतेदेखि सञ्चालनमा आएको कर्णाली राजमार्गको कुल लम्बाइ २३२ किलोमिटर रहेको छ ।
विश्व बैङ्कको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको उक्त राजमार्गको सुर्खेत–जुम्ला राजमार्ग नामकरण गरिएको थियो । अहिले मुलुकभरि एक हजार पाँच सय नयाँ पुल निर्माणाधीन अवस्थामा रहेका छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण