मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
पत्रपत्रिका

अमेरिकी प्रतिवेदन भन्छ–सरकारका कारण नेपालमा लगानीको अवरोध कायम

आइतबार, १० साउन २०७८, ०६ : ५७
आइतबार, १० साउन २०७८

पछिल्ला वर्षहरूमा बनेका सरकारहरूले नेपालमा लगानीमैत्री वातावरण बनिसकेको दाबी गर्दै विश्व समुदायलाई लगानीका लागि आह्वान गर्दै आइरहे पनि अमेरिकाले भने लगानीका अवरोध कायमै रहेको निष्कर्ष निकालेको छ । अमेरिकाको विदेश मन्त्रालयले सार्वजनिक गरेको एक प्रतिवेदनमा नेपालले केही लगानीमैत्री कानून र नियमहरू बनाएको भए पनि लगानीमा अवरोधहरू अझै बाँकी रहेको बताइएको छ ।

अमेरिकी विदेश मन्त्रालयले हालै सार्वजनिक गरेको ‘२०२१ इन्भेस्टमेन्ट क्लाइमेट स्टेटमेन्ट्स’ का अनुसार ऊर्जा, पर्यटन, सूचना र सञ्चार प्रविधि (आईसीटी), पूर्वाधार र कृषिलगायत क्षेत्रमा नेपालमा पर्याप्त लगानीको सम्भावना छ तर नेपालको आन्तरिक कारणले गर्दा अझै लगानीका अवरोधहरू हट्न सकेका छैनन् ।

नेपालमा वैदेशिक भित्र्याउन राजनीतिक अस्थिरता, व्यापक भ्रष्टाचार, झन्झटिलो सरकारी प्रणाली तथा कानूनको कार्यान्वयनमा शिथिलताले नै अप्ठ्यारो पारिरहेको छ । लगानी भित्र्याउन सरकार इच्छुक छ तर त्यसका लागि तदनुरूपको काम हुन सकेको छैन । वैदेशिक लगानीकर्तालाई अझै नेपालबाट नाफा फिर्ता लैजान, विदेशी मुद्रामा सटही गर्न कठिनाइ रहेको प्रतिवेदनको निष्कर्ष रहेको छ ।

विद्युत् प्रसारण लाइन र पेट्रोलियम वितरणका क्षेत्रमा सरकारको मात्र एकाधिकार रहेको, राजनीतिक दल निकट ट्रेड युनियनका कारण उद्योग व्यवसायमा हडताल हुने गरेको, यसअघि सरकारको नेतृत्व गरेको दल नेकपाभित्रको विवादका कारण सरकारको ध्यान सुशासन कायम गर्नमा भन्दा पार्टीभित्रको विवाद साम्य पार्नमा बढी जाँदा नेपालमा वैदेशिक लगानीलाई निरुत्साहित गरिरहेको अमेरिकी प्रतिवेदनले औंल्याएको छ ।

यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप