नेपाल सद्भावना पार्टी ब्युँझाइयो
एकताक चर्चामा आएको नेपाल सद्भावना पार्टी ब्युँझाइएको छ। रामकुमार महतो, सिताराम रौनियार, भरत साह, रवीन्द्र चौधरी (राजेश), सत्यनारायण साह, पवन साहलगायतका केही व्यक्तिहरूले निर्वाचन आयोगमा नेपाल सद्भावना पार्टी नाम गरेको दल दर्ता गरेका छन्।
आयोगमा उक्त पार्टी १ सय ५५ औ नम्बरमा दर्ता भएको छ। साथै आयोगले उक्त पार्टीलाई पञ्जाछाप चुनाव चिन्ह प्रदान गरेको छ। पञ्जाछाप चुनाव चिह्न पुरानो सद्भावना पाटीको चुनाव चिह्न हो।
२०४७ बैशाख ३गते गजेन्द्रनारायण सिंहको नेतत्वमा नेपाल सद्भावना पार्टी दर्ता भएको थियो। पछि उक्त पार्टीको नाममा थुपै कानुनी लडाइँ भएको थियो। नेपाल सद्भावना पार्टीको आधिकारिकता पाउन निर्वाचन आयोग र सर्वोच्चमा पटकपटक मुद्दा दायर भएको थियो।
पछिल्लो समयमा नेपाल सद्भावना पार्टी अनिल झासँग पुगेको थियो। झाले नेपाल सद्भावना पार्टीलाई तत्कालीन राष्ट्रिय जनता पार्टीसँग एकीकरण गराएका थिए। त्यसपछि नेपाल सद्भावना पार्टी नेपाली राजनीतिबाट हराएको थियो। हराएको पार्टीलाई पुन ब्युँझाइएको सहमहासचिव राजेश चौधरीले बताए।
उनले भने, ‘उनले भने यो पार्टीलाई पहिले झैं मधेसमा लोकप्रिय बनाउछौं।’यो समाचार नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण