विद्यार्थी नेतालाई आक्रमण गर्नेलाई कारबाही गर्न नेविसङ्घको माग
बिहीबार, १४ साउन २०७८, १९ : २२
नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले पब्लिक युथ क्याम्पसका विद्यार्थी नेता बलराम उप्रेतीलाई आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले आज एक विज्ञप्ती जारी गरी व्यक्तिगत स्वार्थ र आवेगका कारण विद्यालयको वातावरणलाई खलल पुर्याउने गरी विद्यार्थी नेता उप्रेतीलाई आक्रमण गर्नेलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेका हुन् ।
“विद्यार्थी सङ्गठनको भूमिका समग्र विद्यार्थीको हक अधिकार स्थापना गर्दै क्याम्पसभित्र सौहार्दपूर्ण र शान्तिपूर्ण वातावरण निर्माण गर्ने भए पनि क्याम्पसभित्र नै विद्यार्थीहरु असुरक्षित हुनु दुःखद कुरा हो”,अध्यक्ष ढुङ्गाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । घाइते उप्रेतीको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । नेविसङ्घले घाइते उप्रेतीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण