धितोपत्र बोर्डमा हल्लीखल्ली, अर्थ मन्त्रालयले सोध्यो तीनदिने स्पष्टीकरण
सेयर बजारको नियामक निकाय मानिने धितोपत्र बोर्डभित्रको अनियमितता र भ्रष्टाचार छताछुल्ल भएको छ । बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले आचारसंहिता विपरीत छोरीका नाममा सेयर राखेको समाचार मिडियामा आएपछि एकपछि अर्को अनियमितताको श्रृखंला बजारमा आएको छ ।
धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले धितोपत्र निष्कासनका लागि तयारी गरिरहेको कम्पनीको शेयर प्राथमिक निष्कासन हुनुअगावै विदेशमा रहेकी आफ्नी छोरीका नाममा किनेको प्रमाणसहित मंगलबार हिमाल खबरले समाचार प्रकाशित गरेको थियो ।
अध्यक्ष ढुंगानाको विषयमा समाचार प्रकाशित भएपछि बुधबार अर्थ मन्त्रालय धितोपत्र बोर्डका नाममा तीन दिने अल्टिमेटमसहितको पत्र काटेको छ ।
अर्थ मन्त्रालयका शाखा अधिकृत श्यामप्रसाद आचार्यद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ,‘विभिन्न सञ्चार माध्यममा प्रकाशित भएका त्यहाँ बोर्डसँग सम्बन्धित समाचारप्रति यस मन्त्रालयको ध्यानाकर्षण भएको छ ।’
अर्थमन्त्रालयले बुधबार धितोपत्र बोर्ड खुमलटारका नाममा लेखेको पत्रमा अगाडि भनिएको छ, ‘सञ्चारमाध्यममा आएका उक्त विषयवस्तुको सम्बन्धमा सत्य तथ्य, यथार्थता के हो, सोको स्पष्ट र तथ्यपरक विवरण तीन दिनभित्र यस मन्त्रालयमा उपलब्ध गराइदिनुहुन आदेशानुसार अनुरोध छ ।’
यसैबीच, धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको जस्तै शेयर बजारको कारोबार गर्ने निकाय नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सीईओ चन्द्रसिंह साउदले पनि स्वार्थ बाझिने गरी श्रीमतीका नाममा एक कम्पनीको शेयर खरीद गरेको मिडियामा चर्चा आएपछि यसमा आफ्नो ध्यानाकर्षण भएको अर्थमन्त्रालयले जनाएको छ ।
धितोपत्र बोर्डमा कार्यरत अधिकांशले ढुंगानाको जस्तै आचार संहिताविपरीत कार्य गरेर ब्रह्मलुट मच्चाइरहेको सूचना बाहिर आएपछि अर्थ मन्त्रालयले कारवाही अगाडि बढाउन लागेको हो ।
तर, यस्तो अनियमिततामा ठूला बैंकका सञ्चालक एवं घरानियाहरुको समेत संलग्नता रहेकाले उनीहरुमाथि अर्थ मन्त्रालयले कारवाही चलाउन सक्छ कि सक्दैन, त्यो भने हेर्न बाँकी छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
-
काठमाडौँमा वर्षा रोकिएपछि खुल्यो मौसम, तस्बिरहरू
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण