एमालेको माधव समूह आन्तरिक छलफलमा
न जुट्न न फुट्न सकेको नेकपा एमालेको माधव नेपाल समुह आफ्नो कित्ता क्लियर पार्न आन्तरिक छलफलमा जुटेको छ । पछिल्लो राजनीतिक परिवर्तनमा महत्वपुर्ण भुमिका खेलेको यो समुह संसद पुनःस्थापना र देउवा नेतृत्वको सरकार गठनपछि मझधारमा रहेको छ ।
पार्टीभित्रको विवाद कायमै रहेका बेला एकता कि विभाजन भनेर प्रष्ट लाइन नसमातेको यो समूहका वरिष्ठ नेता माधव नेपालले आफ्नो समूहका नेताहरुसँग छलफल राखेका हुन् । एमाले विवादमा मिलाउन गठित कार्यदलमा नेता नेपालको तर्फबाट सदस्य रहेका एमाले नेता गोकर्ण विष्टले स्थायी कमिटीको बैठक नै नभनिए पनि सदस्यहरूबीच छलफल आयोजना गरिएको बताए ।
‘छलफल वरिष्ठ नेता नेपालसहितको भएकाले स्थायी समिति सदस्यहरु बीचको छलफल भन्दा हुन्छ’ विष्टले रातोपाटीसँग भने, ‘दुई बजे बानेश्वरमा छलफल राखिएको छ ।’ सो समूहमा अध्यक्ष ओलीसँग मिल्नुपर्ने दवाव नेता नेपालमाथि छ । तर, समान हैसियतविना एकता सम्भव नभएको नेता नेपालले बताउँदै आएका छन् । अर्कोतिर माधव नेपाल समूहलाई देउवा नेतृत्वको सरकारमा सहभागी हुन गठबन्धनको दवाव छ । यसमा पनि नेता नेपालले सरकारमा सहभागी नहुने बताएपनि उनकै समूहका नेताहरु सरकारमा जानुपर्ने अडानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण