खेलाडीले माओको प्रचार गरेपछि ओलम्पिक कमिटीले थाल्यो छानविन
चिनियाँ नेता माओत्सेतुङको चित्र अंकित ब्याजेज लगाउने चीनका दुई साइकिलिस्टमाथि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले छानविन गर्ने भएको छ । बाओ सन्जु र झोङ टियान्सीको जोडीले महिलाको स्प्रिन्टमा सोमबार पदक जितेका थिए ।
पदक वितरण समारोहमा यी खेलाडीले झुन्ड्याएको ब्याजमा माओको तस्विर देखिएको थियो । यस घटनाबारे चिनियाँ ओलम्पिक कमिटीलाई आईओसीले सम्पर्क गरिसकेको आईओसीका प्रवक्ताले बताए । ओलम्पिक खेल राजनीतिकबाट अलग भएकाले यस्ता गतिविधि गर्न छुट छैन । ओलम्पिक चार्टरको धारा ५० मा लेखिएको छ,‘कुनै पनि राजनीतिक, धार्मिक, नस्लिय प्रदर्शन वा प्रोपोगान्डलाई ओलम्पिक खेलस्थल वा अन्य क्षेत्रमा अनुमति दिइने छैन ।’
गत महिना नियमलाई खुकुलो पार्दै खेलाडीहरुलाई खेलअघि र पछि आफ्ना विचार राख्ने अनुमति दिइएको थियो । जसअनुसार खेलाडीहरुलाई घुँडा टेकेर रंगभेदको विपक्षमा खडा हुन अनुमति मिलेको छ । तर, प्रतियोगिता र पदक समारोहमा कुनै वक्तव्यबाजी गर्न वा यस्ता संकेत गर्न पाइदैन ।
चिनियाँ सर्वोच्च नेता माओको चित्र अंकित यस्ता धेरै ब्याजेज १९६० को दशकमा उत्पादन गरिएको थियो । यसको उत्पादन ह्वात्तै बढेर धातुकै अभाव भएपछि उत्पादनमा रोक समेत लगाउने परेको थियो । सांस्कृतिक क्रान्तिको समय माओ र कम्युनिष्ट पार्टीप्रति इमानदारीता पेश गर्नका लागि यस्तो ब्याज लगाउने चलन थियो । यो चलन अझै पनि कायमै छ ।
चीनका वर्तमान राष्ट्रपति सी जिनपिङले माओको छविलाई अझै उजागर गरिने वाचा गरिसकेका छन् । कम्युनिष्ट पार्टीको सयौं वर्षगाँठमा उनी खैरो सुट लगाएर उपस्थित भएका थिए, यस्तै सुट माओले आफ्नो जीवनकालमा लगाउँथे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण