भन्सार छलेर ल्याइएका ७८ लाखका मोबाइल बरामद
भन्सार छलेर जिल्ला भित्र्याउँदै गरेका विभिन्न कम्पनीका रु ७८ लाख मूल्य बराबरका मोबाइल सेट प्रहरीले बरामद गरेको छ । पूर्वपश्चिम राजमार्गस्थित नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ बाट विभिन्न कम्पनीका ५९५ थान मोबाइल सेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।
दुम्किबासमा बरामद गरिएको मोबाइलको बजार मूल्य करिब रु ७८ लाख पर्ने जानकारीमा आएको गिरीको भनाइ छ । इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरीले बिहीबार राति पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३–च–५५४४ नम्बरको कारमा सुरक्षा जाँच गर्ने क्रममा अवैधरूपमा जिल्ला भित्र्याउँदै गरेका मोबाइल बरामद गरिएको गिरीले जानकारी दिए । भन्सार छलेर ल्याइएका मोबाइल आजै भन्सार कार्यालय पठाइने उनको भनाइ छ ।
भन्सार छलेर मोबाइल ल्याउने चितवनको भरतपुर महानगरपालिका–८ का अर्जुन ढकाल र भरतपुर–२१ का इन्द्रलाल श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु दुवैलाई दुम्कीबास प्रहरीको हिरासतमा राखिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण