ओली सरकारका निर्णय उल्ट्याए आन्दोलन गर्ने महेश बस्नेतको चेतावनी
नेकपा एमालेका नेता महेश बस्नेतले नेकपा एमालेलाई जेठ २ को अवस्थामा फर्काउने कुरा जन्मेको बच्चा पुन पेटभित्र राख्नुजस्तै भएको टिप्पणी गरेका छन् । शुक्रबार एमाले निकट युवा संघको बैठकलाई सम्बोधन गर्दै नेता बस्नेतले माधव नेपाल पक्षले भनेजस्तो एमाले अब जेठ २ को अवस्थामा फर्कने कुनै सम्भावना नभएको बताए ।
‘एमाले अब जेठ २ गतेको अवस्थामा पुग्न सम्भव छैन । यो त जन्मेको बच्चा पेटभित्र पठाउ भनेजस्तो हो’ बस्नेतको भनाइ छ । उनले केही नेताहरु अनेक आर्थिक प्रलोभन, ठेक्कापट्टा र मन्त्री बन्ने लोभमा देउवाको पक्षमा मतदान गर्न गएको भन्दै उनीहरु नेताहरुलाई पार्टीमा फर्कन यही साउन २४ गतेसम्मको अध्यक्षले म्याद दिएको र त्यसलाई कमजोरी नठान्न चेतावनी दिए ।
‘देउवालाई मत दिन गएका साथीहरु अहिले घर न घाटको भएका छन् । न बालुवाटारको न बालकोटको ? २४ गते केन्द्रीय कमिटी बैठक बस्दै छ त्यसबेला सम्म निर्णय गर्नुस् पार्टीमा फर्कनुस्’ बस्नेतको सुझाव छ । उनले युवा संघ भूमिहीन र सुकुम्वासीको पक्षमा लाग्ने भन्दै युवा संघले क्रान्तिलाई सपोर्ट हुनेगरी अघि बढ्ने बताए । उनले अघिल्लो सरकारले गरेका काम उल्ट्याए युवा संघले विद्रोहको नेतृत्व गर्ने चेतावनी दिए ।
‘विगतको सरकारले गरेका काम वर्तमान सरकारले उल्ट्यायो भने जनताको आन्दोलन फेरि उठ्छ । त्यो आन्दोलनलाई राष्ट्रिय युवा संघले सशक्त नेतृत्व गर्छ’ बस्नेतको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण