मेस्सीका लागि पिएसजीको प्रस्ताव : नेइमारभन्दा ५० लाख बढी तलब
अर्को कुनै आश्चर्य भएन भने लियोनल मेसी अब पेरिस सेन्ट जर्माइन (पिएसजी) को खेलाडी हुनेछन् । बार्सिलोनाले मेस्सीको बर्हिगमन पुष्टि गरेसँगै अर्जेन्टिनी खेलाडीलाई भित्र्याउन फ्रान्सेली क्लब पिएसजीले प्रक्रिया थालिसकेको छ ।
र, फ्रान्सेली पत्रिका इल इक्यिुपेले मेस्सी र पिएसजीबीचको नयाँ सम्झौताको खुलासा समेत गरिसकेको छ । यस पत्रिकाकाअनुसार मेस्सीका लागि क्लबले तीन वर्षको सम्झौता तयार गरिसकेको छ । जसअनुसार मेस्सीले यहाँ वार्षिक ४ करोड युरो तलब बुझ्नेछन् । नेइमारले ३ करोड ५० लाख वार्षिक तलब बुझ्दै आएका छन् ।
‘फ्रान्सेली क्लबले विगतमा जुन तलब दिने इच्छाशक्ति देखाएको थियो, त्यसको दाँजोमा यो थोरै कम हो,’ एल इक्विपेले लेखेको छ, ‘तर यो मेस्सीको माग सुहाउदो छ । सम्झौताका लागि आइतबार मेस्सीका प्रतिनिधि र क्लबका अधिकारीबीच छलफल हुँदैछ ।’
यसअघि बिहीबार बार्सिलोनाले मेस्सीले क्लबसँग नयाँ सम्झौता नगर्ने जनाएको थियो । मेस्सी र पिएसजीबीच सहमति बनिसकेको र यसले चाडैं अन्तिम रुप लिने पिएसजीका मालिक तथा कतारी राजकुमार तमिम बिन हमाद अल थानीका भाई खालिद बिन हमादले जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण