सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

‘आमा’ मा देखियो सर्मिलाको सन्तान प्रेम

बुधबार, २७ साउन २०७८, ११ : १७
बुधबार, २७ साउन २०७८


एक समयकी हिट अभिनेत्री सर्मिला मल्ल पनि म्युजिक भिडियोमा देखिएकी छन् । सितीमिती म्युजिक भिडियो अभिनय नगर्ने मल्लले रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन –३’का फस्ट रनरअप तारा श्रीस मगरको स्वरमा रहेको ‘आमा’ बोलको गीतमा बनेको म्युजिक भिडियोमा अभिनय गरेकी हुन् । 

रश्मीकाली थापाको शब्द, अष्ट लामाको संगीत रहेको गीतको भिडियोमा उनलाई अफ्सना थापाले अभिनयमा साथ दिएकी छन् । 

जीवन शाहीको निर्देशन रहेको भिडियोमा गीतले भनेझै आमाको महत्व दर्शाउन खोजिएको छ । विदेशमा रहँदा आमाको सम्झनाले ब्याकुल बनाएको कथा देखाइएको भिडियोमा दिपेन बस्न्यातको छायाँकन तथा सम्पादन छ ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप