सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

अलिफ र  सरितासँग डब्बुले ल्याए ‘असारै मास’

बिहीबार, २८ साउन २०७८, ११ : ४३
बिहीबार, २८ साउन २०७८

काठमाडौं । गीतकार डब्बु क्षत्री झरी सम्बन्धि नयाँ गीत असारै मास...(झरी) लिएर आएका छन् । गीतको भिडियो समेत बनेको छ । जसमा अभिनेता प्रदीप बाँस्तोला र गायिका सरिता भारतीले मोडलिङ गरेका छन् ।  लोक भाकाको गीतमा प्रदीप र सरिताको नृत्य एवम् अभिनय आकर्षक छ ।

भोगटे गीतबाट हिट भएका गायक अलिफ खान र गायिका सरिता भारतीको स्वर गीतमा छ । अलिफ खान पछिल्लो पुस्ताका रुचाइएका लोक गायक हुन् । सरिता र अफिलले लुडो र तास गीत पछि दोश्रो पटक यो गीतमासँगै काम गरेका हुन् । 

राजेन्द्र बजगाईंको संगीत रहेको गीतको भिडिया गीतकार डब्बु क्षत्री आफैंले निर्देशन गरेका हुन् । भिडियोलाई अग्रज नृत्य निर्देशक सुवास बुढाथोकीको कोरियोग्राफी, टंक केसीको छायाँकन र सुरेश कुमार राउतले सम्पादन छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप