लोकतन्त्रप्रेमी युवालाई एउटै एजेन्डामा एकाकार हुन अध्यक्ष बस्नेतको आह्वान
बिहीबार, २८ साउन २०७८, ११ : ५९
नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले लोकतन्त्र प्रेमी युवालाई एउटै एजेन्डामा एकाकार हुन आह्वान गरेको छ। अन्तराष्ट्रिय युवा दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै तरुण दल अध्यक्ष जीतजंग बस्नेतले यस्तो आह्वान गरेका हुन् ।
‘संविधान र लोकतन्त्रको संरक्षण गर्दै नेपालको आर्थिक विकास र समृद्धि पथमा मुलुकलाई अगाडि बढाउन नेपाली कांग्रेसको काँधमा आइपरेको जिम्मेवारीलाई सहर्ष पूरा गर्न नेपाल तरुण दल केन्द्रीय समिति यसै शुभकामना सन्देशमार्फत सम्पूर्ण लोकतन्त्रप्रेमी युवालाई एउटै एजेन्डामा एकाकार हुन आव्हान गर्दछ,’ शुभकामना सन्देशमा भनिएको छ।
युवाको सहभागिता र संलग्नता बिना संसारका कुनै पनि परिवर्तनहरुले संस्थागत रुप लिएर दिगो हुन नसकेको बस्नेतको भनाइ छ । युवा वर्तमानको साक्षी र भविष्यको मेरुदण्ड भएको बस्नेतले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण