मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

दुध र केरा एकसाथ खाँदा शरीरलाई के बेफाइदा ?

बिहीबार, २८ साउन २०७८, १२ : ४८
बिहीबार, २८ साउन २०७८

केरामा अत्यधिक मात्रामा भिटामिन र पोषक तत्वहरु पाइन्छ । केरामा फाइबर पनि उत्तिकै मात्रामा पाइन्छ । केराले शरीरलाई शक्ति प्रदान गर्नुका साथै विभिन्न प्रकारका बिरामीहरुबाट पनि बचाउँछ । साथै, दुधमा क्याल्सियम, भिटामिन डी पाइन्छ । तर, के केरा र दुध एकसाथ खाँदा स्वास्थ्यलाई बेफाइदा गर्छ ? सामान्यतयाः शरीरमा तौल बढाउन दुध र केरा खाने सल्लाह दिइन्छ ।

दुध र केरा मिसाएर धेरै थरी परिकार बनाउन सकिन्छ । स्वास्थ्य विशेषज्ञका अनुसार दुध र केरा अलग अलग खाँदा धेरै पौष्टिक तत्व पाइन्छ तर यसलाई मिसाएर खानु त्यति राम्रो मानिदैन । केही विशेषज्ञहरुले दुध र केराको शेक पनि खानु राम्रो नभएको बताउँछन्  ।

दुधमा प्रोटिन, भिटामिन र राइबोफ्लेविन, भिटामिन बी१२ जस्ता मिनरल्सहरु पाइन्छ ।  १०० ग्राम दुधमा करिब ४२ क्यालोरी पाइन्छ । दुधमा भिटामिन सी, डाइट्री फाइबर हुँदैन । यसका साथै कार्बोहाइड्रेट पनि कम हुन्छ । शाहाकारीका लागि कार्बोहाइड्रेट प्रोटिनको राम्रो स्रोत हो ।

केरामा भने भिटामिन बी६, म्याग्नीज, भिटामिन सी, डाइटरी फाइबर, पोटाशियम र बायोटिन जस्ता भिटामिनहरु पाइन्छन् । १०० ग्राम केरामा ८९ प्रतिशत क्यालोरी पाइन्छ । केरा खाएपछि पेट भरिने र शक्ति प्राप्त पनि हुन्छ । धेरै कार्बोहाइड्रेटयुक्त फल वर्कआउट भन्दा अगाडि वा पछाडि खान सकिन्छ ।

दुध र केराको कम्बिनेशनलाई धेरैले राम्रो मान्ने गरेका छन् । जुन पोषक तत्व केरामा हुँदैन त्यो दुधमा हुन्छ भने जुन पोषक तत्व दुधमा हुँदैन त्यो केरामा हुन्छ । तर, शरीरमा केरामा र दुधमा भएको पोषक तत्व एकसाथ जाँदा के हुन्छ त ? 

अध्ययनका अनुसार केरा र दुध एकसाथ खाँदा पाचन तन्त्रसँगै साइनस पनि प्रभावित हुन्छ । साइनस खुम्चिँदा चिसो लाग्ने, खोकी लाग्ने र अन्य एलर्जीहरु हुन्छ । साथै, दुध र केरा एकसाथ खाँदा पेटसँग जोडिएका धेरै समस्याहरु देखिन्छन् । 

यता, आयुर्वेदका अनुसार फलफूल र झोलिलो पदार्थको मिसावटबाट बच्नुपर्छ । आयुर्वेदका अनुसार केरा र दुध शरीरमा टोक्सिफिकेशनलाई प्रोत्साहित गर्छ । र शरीरमा अन्य क्रियाकलापमा असर पुर्याउँछ । आयुर्वेदका अनुसार केरा र दुध एकसाथ खाँदा शरीरमा भारीपन आउने र दिमाग कमजोर हुने हुन्छ ।

त्यसैले दुध र केरा खाँदा अलग–अलग खान आवश्यक छ । वर्कआउट गरेपछि र पहिले २० मिनेटको अन्तरालमा केरा र दुध खाने गर्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप