कर्णालीमा बिहीबार सङ्क्रमित हुने भन्दा डिस्चार्ज हुने धेरै
कर्णाली प्रदेशमा बिहीबार ११४ जनाले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणलाई जितेर डिस्चार्ज भएका छन्। यो तथ्याङ्क साउन महिना यताकै बढी हो।
साउन महिना सुरु भएसँगै कर्णाली प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण दर दैनिक उकालो लाग्दो थियो । बिहीबार भने १०८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिँदा ११४ जनाले जितेर डिस्चार्ज भएका हुन् ।
यो सँगै प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्यामा कमी आएको छ। बुधबार प्रदेशमा ९३२ जना सक्रिय सङ्क्रमित रहेका थिए भने बिहीबार ८९७ मा झरेको छ । प्रदेशमा कहिले सङ्क्रमितको दर बढ्ने त कहिले घट्ने क्रम चलिरहेको छ।
बिहीबार ९१ जनामा गरिएको आरटी–पीसीआर विधिबाटको कोरोना परीक्षणका क्रममा ४५ जना र ३४८ जनामा गरिएको एन्टिजेन विधिबाटको कोरोना परीक्षणका क्रममा ७३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो ।
जसमध्ये सबैभन्दा धेरै सुर्खेतमा ६० जनामा कोरोनाको सङ्क्रमण देखिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ। यस्तै रुकुम पश्चिममा २४ कालिकोट र जुम्लामा १०/१०, मुगु र दैलेखमा ५/५, जाजरकोटमा २ र सल्यानमा १ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
यस्तै बिहीबार जुम्लामा कोरोना भाइरसको सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ। यो सँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३५७ पुगेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृह मन्त्रालयबाट म हटेपछि मिटरब्याज पीडितलाई न्याय दिने कामले निरन्तरता पाएन: श्रेष्ठ
-
कर्णाली प्रदेश : कांग्रेसका मन्त्रीले राजीनामा दिएपछि प्रतिपक्षी दल छलफलमा
-
कांग्रेसले सांसदहरूलाई तोक्यो जिल्लाको जिम्मेवारी
-
श्रम संस्कृति पार्टीले भन्यो– पहिचान र विकासका लागि सङ्घीयता अपरिहार्य
-
सरकारको १०० दिन उपलब्धिविहीन, जनताको धैर्यको बाँध टुट्न सक्छ: राई
-
थुनामा रहेका टोपबहादुरसहितका प्रतिवादीले बाहिर बसेर मुद्दा लड्ने सुविधा पाउँछन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण