आजै मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी
नेपाल राष्ट्र बैंकले शुक्रबार अपराह्न मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । बजेट आइसकेपछि साउनको पहिलो साता नै सार्वजनिक हुनुपर्ने चालु आर्थिक वर्षको मौद्रिक नीति सरकारको हेराफेरीका कारण एक महिना ढीलो सार्वजनिक हुन लागेको हो ।
मौद्रिक नीति सार्वजनिक गर्नेबारेमा छलफल गर्न शुक्रबार बिहानै राष्ट्र बैंक सञ्चालक समितिको बैठक बसेको छ । शुक्रबार अपरान्ह ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने तयारीका लागि बैठक बोलाइएको बताउँदै राष्ट्र बैंक स्रामेतले भन्यो, ‘सकेसम्म आजै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भइरहेको छ ।’
पूर्ववर्ती ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेट परिमार्जन गरिने अर्थमन्त्री जनार्दन शर्माले संसदलाई बताएका छन् । मूलतः बजेट आइसकेपछि त्यसको कार्यान्वयनलाई सहयोग पुग्ने गरी वित्तीय नीति निर्माणका लागि मौद्रिक नीति बनाइने गरिन्छ । यही कारणले बजेट आएपछि मात्रै मौद्रिक नीति ल्याउन अर्थमन्त्रालयले राष्ट्र बैंकलाई सुझाएको यसअघि चर्चा चलेको थियो ।
तर, सरकारले भदौ लागिसक्दा पनि न त बजेट अध्यादेशलाई पारित गर्नका लागि संसदमा प्रक्रिया अगाडि बढाएको छ, न संशोधित बजेट नै ल्याउन सकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजबारे इरानको अडान कायमै, अमेरिकासँग प्रत्यक्ष वार्ता अस्वीकार
-
सामाजिक स्याहार सुधार्ने बेलायती प्रधानमन्त्रीको प्रतिबद्धता
-
मोटोपनको सिकार भइरहेका छन् इटालीका बालबालिका ?
-
परराष्ट्र मन्त्रालयको गतिविधिले कूटनीतिक इतिहास लेख्न गाह्रो भयो : इतिहासविद् पोखरेल
-
अब धादिङबाट ७ मिनेटमै काठमाडौँ, तीन महिनासम्म निःशुल्क सञ्चालन
-
माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण