सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

मनिषाको ‘चञ्चल यो मन’

शुक्रबार, २९ साउन २०७८, १० : ३१
शुक्रबार, २९ साउन २०७८

काठमाडौं । गायिका मनिषा बजगाईंको गीत ‘चञ्चल यो मन’ सार्वजनिक भएको छ । मनको आनन्दको शब्द र कालीप्रसाद बास्कोटाको संगीत तथा एरेन्ज रहेको भिडियो सहित सार्वजनिक भएको हो ।

गीतको भिडियोमा गायिका बजगाईं र सन्तोष पन्तको रोमान्स देख्न सकिन्छ । धन योञ्जन लामाको छायाँकन, माधव बेलबासेको सम्पादन रहेको भिडियाे मोहनराज अधिकारीले निर्देशन गरेका हुन् । 

८ बर्षको बाल्यकालदेखि गाउन सुरु गरेकी काभ्रेकी गायिका मनिषाले धेरै सांगीतिक कार्यक्रम तथा भजन एल्बम समेत गाएकी छन् । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप