ला–लिगामा ठूला स्टार को–को छन् ?
सत्र वर्षपछि पहिलोपटक मेस्सी बिना नै ला–लिगा आयोजना हुँदैछ । र, ला–लिगामा ठूला स्टार को हुन् भन्ने विषयमा पनि बहस सुरु भएको छ । पछिल्लो दशक निर्विवाद रुपमा क्रिष्ट्रियानो रोनाल्डो र लियोनल मेस्सी ला–लिगाका ठूला स्टार थिए । तर, रोनाल्डो २०१८ मा रियल म्याड्रिड छाडेर इटालियन क्लब युभेन्टस्मा गए । र मेस्सीले यसै वर्ष बार्सिलोनाबाट फ्रान्सेली क्लब पिएसजीमा गए । रियल म्याड्रिडकै अर्का चर्चित स्टार सर्जियो रामोस मेस्सीभन्दा एक महिनाअघि नै पिएसजीमा गएका थिए ।
पछिल्लो दशक ला–लिगाका खेलाडीले मात्रै बेलोन डि’ अर जित्न सके । तर, त्यसमध्ये अहिले एकमात्रै खेलाडी लुका मोडरिक ला–लिगामा बाँकी छन् । उनले २०१८ मा एकपटक यो अवार्ड जितेका थिए । बाँकी समय रोनाल्डो र मेस्सीका नाममा यो अवार्ड थियो, उनीहरु दुबै अन्यत्र लिगमा गए ।
स्पेनिस लिगमा स्टार खेलाडी नै नभएका भने होइनन् । एथलेटिको म्याड्रिडका गोलकिपर जान ओब्लाक, रियल म्याड्रिका फरवार्ड करिम बेन्जामा, बार्सिलोनाका फरवार्ड एन्टोनियो ग्रिजम्यान, एथलेटिको म्याड्रिडका फरवार्ड लुईस सुआरेज, रियल म्याड्रिडका डिफेन्र डेभिड अल्बा, बार्साका उदयीमान मिडफिल्डर पेड्री, भिल्लारियलका जेरार्ड मोरेनो, एथलेटिकोका मार्कोस लोरेन्टो त्यस्ता स्टार हुन्, जसले कुनै पनि समय टोली उल्ट्याइदिन सक्छन् ।
रियलका इडेन हाजार्ड यस्तै एक प्रतिभाशाली खेलाडी हुन् । तर ला–लिगामा आबद्ध भएयता उनी चोटले समस्यामा छन् । उनले स्वभाविक खेल देखाउनै सकेका छैनन् । उनी फर्ममा फर्किए भने रियलले बाँकी टिमलाई दबाबमा राख्नसक्छ ।
बार्सिलोनाका मेम्फिस डेपे पनि स्टार खेलाडी हुन् । मेस्सीको बर्हिगमनसँगै उनीबाट बार्साले गर्ने अपेक्षा पनि १० गुणाले बढेको छ । यो दबाबलाई डेपेले कसरी चिर्छन् भन्ने हेर्न बाँकी छ । बार्सिलोनामा यसै सिजन म्यानचेस्टर सिटीबाट स्टार खेलाडी सर्जियो अगुइरो पनि भित्र्एिका छन् । त्यसैगरी, ओस्माने डेम्बेले र काउटिन्होजस्ता स्टार पनि छन्, तर आफ्नो स्वभाविक खेल देखाउन नसक्दा यी दुबै खेलाडी ‘फ्लप’ को ट्याग भिर्न बाध्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण