शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीले दिए पारसलाई धन्यवाद

शनिबार, ३० साउन २०७८, १४ : १९
शनिबार, ३० साउन २०७८

 

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई भेटेर उनले नेपाली क्रिकेटका लागि दिएको योगदानका लागि धन्यवाद दिएका छन् । प्रधानमन्त्री देउवाले मात्र अन्तर्राष्ट्रिय क्रिक्रेटबाट सन्यास  लिएका खड्काको आगामी यात्राका लागि शुभकामनासमेत दिएका छन् ।

​देउवाले लेखेका छन्, ‘दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक ती सफलता, नेपालीले कहिल्यै नभुल्ने ती रोमाञ्चक जित र हामीलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा पारस खड्कालाई धन्यवाद। 

नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस्। सरकारको साथ र सहयोग सधैँ रहने छ।

दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक ती सफलता, नेपालीले कहिल्यै नभुल्ने ती रोमाञ्चक जित र हामीलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा @paras77 लाई धन्यवाद।
नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस्। सरकारको साथ र सहयोग सधैं रहने छ। pic.twitter.com/yqOAVENHsZ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप